सरकारले विदेशी नागरिकलाई नेपालको बाटो भएर तेस्रो मुलुक जान दिने

सरकारले विदेशी नागरिकलाई नेपालको बाटो भएर तेस्रो मुलुक जान दिने

केन्द्रबिन्दु
0
Shares

विदेशी नागरिकले नेपालको बाटो भएर तेस्रो मुलुक जान पाउने भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १३ वैशाख २०७८ को निर्णय खारेज गरेसँगै अब भने कुनै पनि विदेशी नागरिक नेपाल अवतरण गरी यहाँबाट जुनसुकै तेस्रो गन्तव्यमा जान पाउने निर्णय गरेको हो । 

सरकारले कोरोनाका कारण १३ वैशाख २०७८ मा त्रिभुवन विमानस्थलबाट तेस्रो मुलुक जाने उद्देश्यले नेपाल आउन र यो विमानस्थललाई पारगमनका रुपमा प्रयोग गरी अन्य गन्तव्य जान नपाउने गरी रोक लगाएको थियो । तर, विमानस्थल भित्रै ट्रान्जिट गरी जानेका लागि भने रोकतोक थिएन । 

Logo