तीन दिनमा १७४ जना धार्मिक पर्यटक सिमकोट आइपुुगे

तीन दिनमा १७४ जना धार्मिक पर्यटक सिमकोट आइपुुगे

केन्द्रबिन्दु
0
Shares

नेपाली भूमि लाप्चाबाट मानसरोवर कैलाशको दूरदर्शन गर्न १७६ जना धार्मिक पर्यटक सिमकोट आइपुगेका छन्। तीन दिन लगाएर पर्यटक सिमकोट आएका हुन्।

ट्रेकर सोसाईटीका कर्मचारी छेतेन शेर्पाका अनुसार मंगलवारयता १२ वटा उडानबाट नेपालगञ्जदेखि उक्त संख्याका पर्यटक सिमकोट आइपुगेका हुन्।

पहिलो दिन गत मंगलबार आएको पर्यटकको टोली बिहीबार टाक्ची पुुगेको छ। उक्त टोलीमा एक जना नेपालीसहित ५६ जना पर्यटक छन्। टोलीले शुक्रबार लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्नेछ।

बुधवार आएको टोली भने बिहीबार लेकधिंगामा पुुगेको छ। सो टोली उतै बास बस्नेछ।

त्यसैगरी, नेपालगञ्जबाट बिहीबार आएको टोली भने आज सिमकोट बास बस्नेछ। पर्यटककै लागि लेकधिंगा र ताक्चीमा एक एक सय पाल टाँगिएका छन्। पर्यटक ओसार्नका लागि दश वटा बोलेरो जीप बुक गरिएको छ भने दुुई वटा हेलिकोप्टर सिमकोटमा रहेका छन्।

पर्यटकको भान्सा ब्यवस्थापनका लागि पैदल र हेलिकोप्टरबाट तीन सय थान ग्यास सिलिण्डर ढुवानी गरेर सिमकोट, लेकधिंगा र ताक्ची पुर्याइएको छ। ती पर्यटकले लाप्चाबाट मानसरोवर कैलाश दर्शन गर्ने क्रम एक महिनासम्म चल्नेछ।

सेप्टेम्बर ११ मा सद्गुुरु सिमकोट आइपुुग्ने कार्यक्रम छ। सदगुुरुसहित एक हजार चार सय धार्मिक पर्यटकले कैलाश मानसरोवरको दर्शन गर्नेछन्।

सदगुुरुको टोलीलाई भने परम्परागत रुपमा साँस्कृतिक झाँकी प्रस्तुत गरेर स्वागत गरिनेछ। तीन वर्षपछि ठूलो संख्यामा पर्यटक जिल्लामा भित्रिँदै छन्। गत वर्ष यही महिनामा सदगुुरुसहित ५० जनाको टोलीले सिमकोटबाट पैदल मार्ग हुँदै लाप्चा पुुगेर मानसरोवर कैलाशको दर्शन गरेको थियो।

उनको दर्शनपछि मात्र सातभन्दा बढी भारतीय तथा अन्य देशका पर्यटकले लाप्चाबाटै दर्शन गरेका थिए।
गत वर्ष तीन सयभन्दा बढी आन्तरिक पर्यटकले लाप्चाबाट दर्शन गरेका थिए।

Logo