आहा ! आबुखैरेनीको ऐनापहरा झर्ना [तस्विरहरू]

आहा ! आबुखैरेनीको ऐनापहरा झर्ना [तस्विरहरू]

केन्द्रबिन्दु
56
Shares

तनहुँ । बुखैरेनीको ऐनापहरा झरना पछिल्लो समय निकै चर्चित बन्दै गइरहेको छ । आन्तरिक पर्यटकको घुइँचो लाग्ने यहाँको पहरामा कला भरेर गाउँपालिकाले पर्यटकलाई आकर्षित गर्ने रणनीति बनाएको छ । ऐनापहरा पहाडलाई नै कलामा बदल्ने काम भइरहेको छ । आधुनिक कलाका रुपमा ऐना पहरामै आमाले छोरालाई ममता प्रकट गरिरहेको र परीको चित्र खोपिएको छ । त्यहाँ पुगेका पर्यटकहरू प्रकृति र कलाको सामिप्य महशुस गर्दै आनन्दित हुन पाउने छन् ।

यसबाहेक गाउँपालिकाले ऐना पहरा झरनासम्म जानका लागि आवश्यक पूर्वाधार तयार पार्न लागेको छ । जसमा झरनासम्म पुग्नका लागि सिँढी बनाउने काम भइरहेको छ । यस्तै सो क्षेत्रमा पर्यटकको सहजताका लागि शौचालय, टिकट काउन्टरलगायत पुर्वाधार निर्माणको काम भइरहेको छ । पृथ्वी राजमार्ग भएर यात्रा गर्ने हजारौँ यात्रुलाई त्यहाँ बसेर मनोरम झरनामा मज्जा लिने वातावरण मिलाउन गाउँपालिकाले काम गरिरहेको हो ।

सडक देखि मुर्ति अवलोकन गर्ने स्थान सम्म पुग्न सिँढी निर्माणका गरिएको छ । गाउँपालिकाले अब छिट्टै टिकट लिएर प्रवेश गराउने योजना बनाएको छ ।

Logo