विदेशी पर्यटकका लागि नाका खुला गर्दै उत्तर कोरिया

विदेशी पर्यटकका लागि नाका खुला गर्दै उत्तर कोरिया

केन्द्रबिन्दु
392
Shares

काठमाडौँ । उत्तर कोरियाले विदेशी पर्यटकका लागि सीमा खुला गर्ने भएको छ । उत्तर कोरियासँग सम्पर्कमा रहेका दुई चिनियाँ टूर कम्पनीले यसबारे जानकारी दिएको भन्दै अन्तरराष्ट्रिय सञ्चार माध्यम बीबीसी र सीएनएनले जनाएको छ ।

उत्तर कोरिया संसारबाट अलग्गिएको देश हो, जसलाई हरमिट किंगडम अर्थात् जोगीको देश भनिन्छ । सन् २०११ मा यदि कुनै पश्चिमी देशका नागरिकलाई उत्तर कोरिया जानु परे निजी टुर अपरेटर्सको मद्दत लिनैपर्ने थियो ।

करिब आधा दर्जन टुर अपरेटर्स चीनको बाटो हुँदै उत्तर कोरिया आउनेहरूका लागि गाइडेड टूर आयोजना गर्दथे । यो नियम सन् २०१७ मा थप कडा बनाइएको थियो ।

कोभिड–१९ पछि ५ वर्षयता ठप्प रहेको सीमा यो वर्षको अन्त्यदेखि अन्तर्राष्ट्रिय पर्यटकका लागि खुला गर्न लागिएको हो । उत्तर कोरियाली नेता किम जोङ द्वितीयको जन्मस्थल साम्जियोनका पहाडहरूमा समूहमा घुम्न जाने पयर्टकहरूलाई जाने अनुमति दिइने बताइएको छ । सन् २०२४ को डिसेम्बरदेखि देशको बाँकी हिस्सामा पनि विदेशी पयर्टकलाई अनुमति दिन सकिने कोर्यो टूर्सले जनाएको छ ।

अहिलेसम्म साम्जियोनको नाम मात्रै उल्लेख गरिएको भए पनि प्योङयाङ र अन्य ठाउँ पनि चाँडै खुला गरिने छ । साम्जियोन चीनको सीमा नजिकै पर्छ । यहाँबाट यो कोरियाली प्रायद्विपको सबैभन्दा अग्लो शिखर पाएक्तु हिमाल नजिकै छ । साम्‍जियोन उत्तर कोरियाको सबैभन्दा अग्लो हिमाल पेक्टुको फेदमा पर्छ । यो शहर हिउँदे आकर्षणका लागि चिनिएको छ ।

तर मित्र राष्ट्रका पर्यटकका लागि मात्रै खोलिएको हो वा सबै राष्ट्रका पर्यटकका लागि हो भन्ने खुलिसकेको छैन ।

Logo