पर्यटनलाई विज्ञ र व्यवसायीहरूले अगाडि बढाएका छन्ः मन्त्री भण्डारी

पर्यटनलाई विज्ञ र व्यवसायीहरूले अगाडि बढाएका छन्ः मन्त्री भण्डारी

केन्द्रबिन्दु
56
Shares

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले ज्यानु वसन्तराज मिश्र फाउण्डेशनले प्रतिभाहरूको सम्मान गरेर ऐतिहासिक काम गरेको बताएका छन् । त्यस्तै संस्थाले महत्त्वपूर्ण विषय र विभागहरूलाई आफ्नो ठाउँबाट झक्झक्याएर सहयोग गरेको भन्दै प्रशंसा पनि गरे ।

बिहीबार ज्यानु वसन्तराज मिश्र फाउण्डेशन सामाजिक प्रतिभा सम्मान तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पुरस्कार प्रदानले सबैमा प्रतिभा झन् झल्किरहेको बताए । उनले भने, ‘संस्थाले असाध्यै समसामयिक, अति महत्त्वपूर्ण विषय र विभागहरू जोडेको छ । मुलुकमा धेरै कुराको आवश्यक्ता छ र ती आवश्यक्ताहरूलाई पूरा गर्न संस्थाले बेलाबेला झक्झक्याइरहेको छ । यसले संस्थाको महत्त्व झल्किने छ ।’

साथै उनले नेपालको पर्यटन क्षेत्रका विकासमा यस्ता निजी क्षेत्रहरूले महत्त्वपूर्ण भूमिका खेलेको बताए । उनले यो क्षेत्रको विकासमा नेपाल सरकारको सहयोगभन्दा पनि निजी क्षेत्रमा लागेका विज्ञहरू र व्यवसायीहरूले पर्यटन क्षेत्रलाई अगाडि बढाएको जिकिर गरे ।

Logo