इलामकी युवन्तिका तामाङले सगरमाथा आरोहण गर्ने

इलामकी युवन्तिका तामाङले सगरमाथा आरोहण गर्ने

केन्द्रबिन्दु
14
Shares

सूर्योदय नगरपालिका–१० इलाम निवासी २८ बर्षीय युवन्तिका तामाङले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएकी छिन् । सगरमाथा आरोहणका लागि अत्यन्त उत्साहित युवन्तिकाले सगरमाथाको लोबुचे पिकसम्मको ६,११९ फिटसम्म उचाईको आरोहण गरिसकेकी छन्। 

इलाइट हिमालय एक्सपिड ट्रेडमार्फत आरोहण अध्ययन गरिरहेकी युवन्तिका सगरमाथा चढ्ने इलामकी प्रथम आरोही हुनेछिन्। 

बाइक राइडिङलगायतका साहसिक खेलमा रुची राख्ने युवन्तिकाको यो प्रयासले इलामको पर्यटनलाई अझ प्रचार गर्न थप मद्दत पुग्नेछ। 

पर्वतारोहणको जोखिम उठाएर इलामको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउन प्रतिबद्ध युवन्तिकाको यो अभियान अत्यन्त खर्चिलो छ। यो युवा जोसलाई सबैले सहयोग गरेर उनको अभियानलाई सफल बनाउन इलाम विकास समाज, काठमाडौंका अध्यक्ष राधेश्याम लेकालीले अपिल पनि गरेका छन्।

Logo