नेपालले हवाई सुरक्षा क्षेत्रमा उल्लेख्य प्रगति गरेको छ : पर्यटनमन्त्री श्रेष्ठ

नेपालले हवाई सुरक्षा क्षेत्रमा उल्लेख्य प्रगति गरेको छ : पर्यटनमन्त्री श्रेष्ठ

केन्द्रबिन्दु
0
Shares

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपालले उड्डयन सुरक्षाको क्षेत्रमा उल्लेख्य प्रगति गरेको दाबी गरेका छन्।

नेपाल हवाई यातायात नियन्त्रक संघले बुधबार काठमाडौंमा गरेको २१ औं वार्षिक साधारणसभामा उनले नेपालले हवाई सुरक्षा मापदण्ड पूरा गरेकाले युरोपियन युनियन  (इयू) को हवाई प्रतिबन्ध सूचीबाट छिट्टै हट्ने विश्वास व्यक्त गरे।

नेपालको हवाई सुरक्षा मापदण्ड कार्यान्वयनबारे अन्तरराष्ट्रिय प्रतिवेदनमा विश्वको औसतभन्दा राम्रो अवस्था देखिएको चर्चा गर्दै उनले इयूले आफ्नो निर्णयबारे पुनर्विचार गर्ने बताए।

अन्तरराष्ट्रिय नागरिक उड्डयन प्राधिकरण ९आइकाओ०को परीक्षणमा नेपालको उड्डयन सुरक्षा मापदण्ड कार्यान्वयनको औसत दर ७०‍‌ दशमलव ‍१ प्रतिशत देखिएको थियो। इयूको प्रतिनिधिमण्डल छिट्टै नेपाल आएर स्थलगत अनुगमन गरी हवाई प्रतिबन्ध सूचीसम्बन्धी निर्णयमा पुनर्विचार गर्नेछ।

९इयू० को हवाई प्रतिबन्ध सूचीमा रहनु नेपालको अन्तरराष्ट्रिय प्रतिष्ठासँग जोडिएको विषय रहेको बताउँदै मन्त्री श्रेष्ठले प्रतिबन्ध फुकुवासँगै नेपाली विमान युरोपको आकाशमा उड्न पाउने बताए।

सन् २०१३ यता इयूले हवाई प्रतिबन्ध सूचीमा नेपाललाई राखेको छ भने आइकाओले सन् २०१७ मा प्रतिबन्ध फुकुवा गरेको थियो। मन्त्री श्रेष्ठले हवाई सेवालाई सुरक्षित, नियमित, स्तरीय र प्रभावकारी बनाउन सरोकारवाला सबै जिम्मेवार हुनुपर्ने बताए।

हवाई उड्डयन क्षेत्र प्राविधिक र विशिष्ट प्रकृतिको भएकाले हवाई यातायात नियन्त्रकको भूमिका महत्वपूर्ण हुने मन्त्री श्रेष्ठको भनाइ छ। कार्यक्रममा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक त्रिरत्न मानन्धर लगायतलाई सम्मान गरिएको थियो।

Logo