सिनियर ग्ल्यामर फोटोग्राफर राजभाइ सुवालको नजरमा १० ड्रीमगर्ल [भिडियोसहित]

सिनियर ग्ल्यामर फोटोग्राफर राजभाइ सुवालको नजरमा १० ड्रीमगर्ल [भिडियोसहित]

केन्द्रबिन्दु
0
Shares

आज भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस । प्रेमजोडीले उपहार आदान प्रदान गर्दै माया साटासाट गरेर यो दिवस मनाउने गर्छन् । आफूलाई मन परेको व्यक्तिसामु प्रेम प्रस्ताव राख्ने दिनको रुपमा पनि युवायुवतीले भ्यालेन्टाइन डेलाई उपयोग गर्छन् । 

प्रेमीप्रेमिकाले एक अर्कालाईप्रेमको प्रतीक मानिने रातो गुलाब दिएर,उपहार दिएर माया दर्शाउने र प्रेम प्रस्ताव राख्ने गर्छन् ।  

विश्वभर फेब्रुअरी १४ तारिखलाई भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवसका रुपमा मनाउने गरिएको छ । नेपालमा पनि केही वर्षयता प्रणय दिवसलाई युवा युवतीले विशेष दिनकै रूपमा मनाउन थालेका छन् । यो दिवसले सहरी समाजमा त नयाँ संस्कृतिकै रूप लिएको छ ।प्रेमीप्रेमिकाले एक अर्कालाईप्रेमको प्रतीक मानिने रातो गुलाब दिएर,उपहार दिएर माया दर्शाउने र प्रेम प्रस्ताव राख्ने गर्छन् ।  

भ्यालेन्टाइन ड्रिम गर्ल वा ब्वाइ कस्तो हुनु पर्छ त ? यसको सर्वस्वीकार्य परिभाषा भेट्टाउन गाह्रो छ । संसारमा हरेक मान्छेको सोच्ने तरिका र रुची फरकफरक हुन्छ । तैपनि सामान्यतया मानिसले सबैभन्दा पहिले खोज्ने र आकर्षित हुने भनेको व्यक्तिको बाह्य सौन्दर्य नै हो । सौन्दर्य यस्तो एक शक्ति हो, जसले जो कोहीलाई पनि आफूतिर आकर्षित गर्छ। सुन्दरता भन्ने बित्तिकै राम्रो अनुहार हुनु मात्र हो भन्ने धेरैको बुझाइ छ। तर, सुन्दरताको परिचय त्यतिमा मात्रै सिमित भने छैन। मानिस सुन्दर हुन स्पष्टवक्ता, तेजिलो दिमाग र व्यावसायिक सफलता पनि आवश्यक पर्छ । त्यसैले सर्वस्वीकार्य ड्रीम गर्ल वा ब्वाइको खोजी आफैमा जटिल विषय हो ।

सर्वाधिक आकर्षक महिला–पुरुष खोजीमा सर्वेक्षण, जनमत, व्यावसायिक सफलता, प्रभाव, सामाजिक योगदान, बौद्धिकता, सुन्दरताजस्ता पक्षलाई आधार बनाइएको हुन्छ ।

संसारभर फरक–फरक मापदण्डका आधारमा सर्वाधिक आकर्षक महिला–पुरुष खोजी गरिन्छ । त्यसमा सर्वेक्षण, जनमत, व्यावसायिक सफलता, प्रभाव, सामाजिक योगदान, बौद्धिकता, सुन्दरताजस्ता पक्षलाई आधार बनाइएको हुन्छ । आकर्षक महिला–पुरुषको छनौटमा प्रायःजसो मिडियामा छाइरहने, सेलिब्रेटी तथा सामाजिक भूमिकामा देखिएका व्यक्तिहरू नै पर्छन् । वर्तमान समयमा हरेक सेलिब्रेटीलाई उनीहरुका फ्यानले उनीहरुको गतिविधि र सामाजिक सञ्जालमा दिने अभिव्यक्तिले समेत जजमेन्ट गरिरहेका हुन्छन् । उनीहरुको गतिविधिले फ्यानहरुमा उनीहरुको छवि निर्माण भएको हुन्छ । कतिपयले त उनीहरुले सार्वजनिक गर्ने तस्बीरबाट पनि उनीहरुको सौन्दर्यको मापन गरिरहेका हुन्छन् । 

एउटा फेसन फोटोग्राफरको नजरमा भ्यालेन्टाइन ड्रिम गर्लमा हुनुपर्ने गुण के–के हुन् त ? प्रणय दिवसको अवसर पारेर केन्द्रबिन्दुले नेपालका फेसन फोटोग्राफीका हस्ती मानिने चर्चित फेसन फोटोग्राफर राजभाइ सुवालको मतका आधारमा नेपालका १० भ्यालेन्टाइन ड्रिमगर्ल खोज्ने कोसिस गरेको छ । जसमा अभिनेत्री मुना गौचनदेखि सुरक्षा मल्लसम्म समावेश छन् । 

१.मुना गौचन

गौचनले सन् २०१७मा फेश अफ क्लासिक डायमण्ड र सन् २०१९ मा मिस इको इन्टरनेशनल नेपालको ताज पहिरेकी थिइन् ।

चलचित्र ‘जालो’ बाट अभिनयमा डेब्यु गरेकी मुना गौचन फोटोग्राफर सुवालकोे ड्रीमगर्ल लिस्टकोशीर्षस्थानमा परेकी छिन् । गौचनले सन् २०१७मा फेश अफ क्लासिक डायमण्ड र सन् २०१९ मा मिस इको इन्टरनेशनल नेपालको ताज पहिरेकी थिइन् । त्यसपछि भारतमा पनि विभिन्न टाइटलहरु जितेकी गौचनको सुन्दरताको खुलेरै प्रशंसा र तारिफ हुने गरेको छ। करियरको सुरुवातदेखि अहिलेसम्म एकनासले मेहेनत गरिरहेकी गौचन कामप्रति निकै लगनशील छिन् । मंगोलियन क्युट फेसको कारण उनलाई भ्यालेन्टाइन ड्रिम गर्लको शीर्षस्थान दिइएको सुवाल बताउँछन् । नेपाली अभिनेत्री तथा मोडल गौचन हाल बलिउड सहर मुम्बईमा विभिन्न प्रोजेक्टमा व्यस्त छिन् । 

२.स्वस्तिमा खड्का

जस्तोसुकै ड्रेसअपमा पनि सुहाउने स्वस्तिमा आफ्नो संवेदनशील ड्रेसअपको कारणले उनलाई फोटोग्राफर सुवालले ड्रिमगर्लको सूचीको दोस्रो स्थानमा राखेका छन् । 

चलचित्र ‘२ रुपैयाँ’मा समावेश गीत ‘कुटुमा कुटु’को अपार सफलतापछि एकपछि अर्को हिट गीतहरुमा अभिनय गरेकी ड्रीमगर्ल स्वस्तिमा पछिल्लो समय सर्वाधिक रुचाइएकी अभिनेत्री हुन् । आफ्नो नेचुरल अभिनयको कारण उनी करियरको उचाईमा छिन् । जस्तोसुकै ड्रेसअपमा पनि सुहाउने स्वस्तिमा आफ्नो संवेदनशील ड्रेसअपको कारणले उनलाई फोटोग्राफर सुवालले ड्रिमगर्लको सूचीको दोस्रो स्थानमा राखेका छन् । 

३.साम्राज्ञी राज्यलक्ष्मी शाह

चलचित्र ‘ड्रिम्स’बाट नेपाली चलचित्रमा डेब्यु गरेकी हट नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई फोटोग्राफर सुवालले ड्रिमगर्लको सूचीको तेस्रो स्थानमा राखेका छन् । भर्सटाइल अभिनय,बोल्ने शैली र मिडिया ह्याण्डल गर्ने क्षमताले उनी निकै आकर्षक मानिन्छिन् । 

४.अदिती बुढाथोकी

वर्तमान नेपाली चलचित्र उद्योगको लोकप्रिय नाम हो – अदिती बुढाथोकी । उनको सुन्दर मुहार र शारीरिक बनोटका कारण सुवालको सूचीमा उनी चौथो स्थानमा परेकी छिन् । बलिउडमा पनि धेरै फ्यान फलोइङ भएकी अदितीको मेहेनतले उनी छोटो समयमै करियरको उचाईमा पुग्न सफल भएकी छिन् ।

५.मुस्कान गुरागाइ

No description available.टिकटकबाट उदाएका कलाकारहरुमध्येकी एक हुन्, मुस्कान गुरागाइ । टिकटकका पाँच लाख २१ हजार फलोअर्सलाई आकर्षित गरेकी मुस्कान पछिल्लो समय नेपाली म्युजिक भिडियोहरुमा समेत जम्न थालेकी छिन् । उनी आफै मेकअप आर्टिस्ट र ड्रेस डिजाइनर भएको कारण र टिकटकको अद्भुत अभिनयले उनी आकर्षक १० जनामा पाँचौँ स्थानमा परेकी छिन् ।

६.साक्षी लम्साल

पछिल्लो समयकी उदीयमान अभिनेत्री तथा मोडल साक्षी लम्साल ड्रिम गर्लको छैठौं स्थानमा छिन् । दर्जनबढी म्यूजिक भिडियोका साथै केही नाटक र चलचित्रमा समेत अभिनय गरेकी लम्साल निकै मेहेनती नायिकाको रुपमा परिचित छिन् । उनले जनता टेलिभिजन र कान्तिपुर टेलिभिजनमा भिजेका रुपमा समेत काम गरिसकेकी छिन् । छोटो समयमा उनले आफूलाई गरेको परिमार्जनका कारण र उनको फोटोजेनिक अनुहारका कारण उनी ड्रिमगर्लको सूचीमा परेको सुवाल बताउँछन् । साथै उनीमा राम्रो अभिनेत्रीमाहुनुपर्ने गुण रहेको फोटोग्राफर सुवालको तर्क छ । 

७.सविता कार्की

नेपाल फेसन सप्ताहदेखि क्लासिक डायमन्ड ज्वेलर्सको टाइमलेस पारागन ज्वेलरी फेसन शोजस्ता वृहत् -याम्प शोमा देखा परिसकेकी सविता कहलिएकी -याम्प सुन्दरी हुन् ।

नेपाली मोडलिङमा आफ्नो छुट्टै उचाइ कायम गर्न सफल मोडल हुन् सविता कार्की । नेपाल फेसन सप्ताहदेखि क्लासिक डायमन्ड ज्वेलर्सको टाइमलेस पारागन ज्वेलरी फेसन शोजस्ता वृहत् -याम्प शोमा देखा परिसकेकी सविता कहलिएकी -याम्प सुन्दरी हुन् । अहिलेका मोडलहरुमा सविता कार्की बन्ने इच्छा र होडबाजीले सुवालले उनलाई सातौँ स्थानमा राखेका छन् । 

८. इन्दिरा जोशी

गायनसँगै कामुक जीउडाल एवं आकर्षक ठुम्काका कारण चर्चामा रहने गायिका इन्दिरा जोशी ड्रीम गर्लको आठौं स्थानमा छिन् । उनको आवाज, व्यवहार तथा आकर्षक व्यक्तित्वकाउनको गीत संगीतको दुनियाँमा उनको छुट्टै पहिचान छ । विवाहपछि पनि आफ्नो फिगर मेन्टेन गरेकी उनी स्टेजमा जाँदा सिंगर मात्र नभई कुशल पर्फमरको रुपमा प्रस्तुत हुन्छिन्, जसकाकारण उनलाई धेरैले ड्रीम गर्लको नजरले हेर्छन् ।  

९.रेश्मा घिमिरे

No description available.

टिकटकको अभिनयबाट टेलिभिजन होस्ट तथा चलचित्रमा समेत अभिनय गरेकी रेश्माको फेसन सेन्स,मेकअप सेन्स र ड्रेसअप सेन्सले उनी निकै आकर्षक मानिन्छिन्

आफ्नो अद्भुतफेसियल एक्सप्रेसनले टिकटकबाट उदाएकी अर्की ड्रिमगर्ल हुन् रेश्मा घिमिरे । टिकटकको अभिनयबाट टेलिभिजन होस्ट तथा चलचित्रमा समेत अभिनय गरेकी रेश्माको फेसन सेन्स,मेकअप सेन्स र ड्रेसअप सेन्सले उनी निकै आकर्षक मानिन्छिन् । बहुमुखी प्रतिभाकी धनी रेश्मा आफ्नो फेसियल एक्सप्रेसनले नै चर्चामा आएकी हुन् । राम्रो गीत पनि गाउने रेश्मालाई फोटोग्राफर सुवालले ड्रिमगर्लको नवौं स्थानमा राखेका छन् । 

१०.सुरक्षा मल्ल 

पछिल्लो समय कभर गीतहरु गाएर चर्चा बटुलेकी सुन्दरी गायिका हुन् सुरक्षा मल्ल । उनको सुन्दर फेसियल स्ट्रक्चर र फोटाजेनिक अनुहारले उनी निकै आकर्षक देखिन्छिन् । गीत गाउँदा उनको अनुहारमा झल्किने भावले र उनको स्टेज पर्फमेन्सले सुवालले उनलाई भ्यालेन्टाइन ड्रिम गर्लको दशौं स्थान दिएका छन् । 

काे हुन् राजभाइ सुवाल ?

No description available.

सौन्दर्य प्रतियोगिता भन्नासाथ यसको जवाफमा सिनियर फोटोग्राफर राजभाइ सुवालको नाम आइहाल्छ । मिस नेपालका अतिरिक्त उनले थुप्रै सौन्दर्य प्रतियोगितामा तस्विर खिचेका छन् । ग्लामर फोटोग्राफी भन्दा पनि अहिले उनलाई फेसन फोटोग्राफरको रुपमा बढि चिनिन्छ तर, यस्ता कन्टेस्टमा काम गरेर विवादमा नमुछिने थोरै व्यक्तिमा पर्छन् उनी । 

विगत साढे तीन दशकदेखि फेसन फोटोग्राफीमा सक्रिय सुवालले नेपालका प्रत्येक सेलिब्रेटीहरुको फोटो खिचिसकेका छन् । राजभाईले नेपालका दर्जनौं ब्रान्डका लागि फोटोग्राफी गरिसकेका छन् । करिब ३ दशक देखि फोटोग्राफीमा सक्रिय उनले यो क्षेत्रमा आफ्नै ब्रान्ड बनाइसकेका छन् ।

विवादमा नमुछिने,मिलनसार,राम्रो निर्णयक क्षमता भएका सुवाल अढाई दशकयता ‘मिस नेपाल’को ‘अफिसियल फोटोग्राफर’ हुन् ।

नेपालका चर्चित नायिकाहरु नायिका बन्नुभन्दा पहिला फोटो खिच्ने उनै सुवाल हुन् । नायिका जल शाह,रेखा थापा,दिपाश्री निरौला तथा साम्राज्ञी राज्यलक्ष्मी शाहको पहिलो फोटोसेसन सुवालले नै गरेका थिए । त्यसपछि उनीहरुले चलचित्रमा अभिनय गर्ने मौका पाएका थिए । विवादमा नमुछिने,मिलनसार,राम्रो निर्णयक क्षमता भएका सुवाल अढाई दशकयता ‘मिस नेपाल’को ‘अफिसियल फोटोग्राफर’ हुन् । विज्ञापन होस्,होडिङ बोर्ड होस्,अथवा कुनै पनि सौन्दर्य प्रतियोगिताको फोटोग्राफी होस् सुवाल विना सम्भव हुँदैन । उनी फेसन फोटोग्राफीका स्टार फोटोग्राफरका रुपमा परिचित छन् । 

फेसन फोटोग्राफीका पर्याय मानिने सुवाल नमुना कलेज अफ फेसन टेक्नोलोजी र अस्कर इन्टरनेसनल कलेजमा फोटोग्राफी पढाउँछन् । यसबाहेक ग्लोबल कलेज, एस कलेज, फोटोग्राफी स्कुल, द र्‍याम्प मोडलिङ स्कुलका उनी भिजिटिङ लेक्चरर हुन् । काठमाडौंको खिचापोखरीमा रहेको मल्टिपल क्रियटिभ डिजिटल स्टुडियोका मालिक राजभाइ नै हुन् । १२ जनाको टिम बनाएर उनले स्टुडियो हाँकिरहेका छन् ।

Logo