काठमाडौंमा बालेनका २० चामत्कारिक काम [भिडियाे]

काठमाडौंमा बालेनका २० चामत्कारिक काम [भिडियाे]

केन्द्रबिन्दु
0
Shares

बालेन शाहले काठमाडौं महानगरपालिकाको बागडोर सम्हालेको १४ महिना भएको छ । स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको प्रमुख पदमा उठ्ने घोषणा गरेदेखि नै चर्चामा रहेका मेयर बालेन घोषणापत्र ल्याउँदा होस् वा कुनै कार्यक्रममा प्रतिस्पर्धीले दिएका अभिव्यक्तिमाथि सटिक र व्यंग्यात्मक तर स्पष्ट जवाफ दिँदा किन नहोस्, चर्चाको शिखरमै हुन्छन् । यो अवधिमा उनले गरेका कतिपय काम र निर्णयबाट प्रशंसा र कतिपय अवस्थामा आलोचना पनि खेपेका छन् । काठमाडौं महानगरको मेयर बनेपछि बालेन शाहले गरेका २० वटा सुधारका कामबारे हामीले यहाँ चर्चा गरेका छौं । हेरौं एक रिपोर्ट– 

१. बैठकको प्रत्यक्ष प्रसारण: बालेन्द्र शाहले मेयर पद सम्हालेकै दिन आफ्नो चुनावी अभियान घोषणा गरे अनुसार महानगरपालिकाको बैठकको प्रत्यक्ष प्रसारण गराए । उक्त विषयले उनी सुरुमै बहसको केन्द्रमा रहे । कतिपयले शाहको उक्त कदमलाई “सस्तो लोकप्रियता” भने त कतिले पारदर्शिता हुने भन्दै प्रशंसा पनि गरे । महानगरका विभिन्न बैठकहरू प्रत्यक्ष प्रसारण गर्ने कार्यले हालसम्म निरन्तरता पाएको देखिन्छ ।

कतिपयले शाहको उक्त कदमलाई “सस्तो लोकप्रियता” भने त कतिले पारदर्शिता हुने भन्दै प्रशंसा पनि गरे । महानगरका विभिन्न बैठकहरू प्रत्यक्ष प्रसारण गर्ने कार्यले हालसम्म निरन्तरता पाएको देखिन्छ ।

२. केएमसी एप: महानगरपालिकालाई डिजिटाइज बनाउन मेयर बालेन शाहले ‘केएमसी एप’ सार्वजनिक गरेका छन् । बालेनले सो एपबाट ३१ वटा काम गर्न सकिने बताएका छन् । मेयर बालेनसँग कसैलाई भेट गर्नु छ भने पनि सोही एपबाटै समय लिन सकिनेछ । 

३. राजस्व संकलनमा वृद्धि: बालेन शाह काठमाडौं महानगरको मेयर बनेपछि राजस्व संकलनमा पहिलो वर्षमै सकारात्मक संकेत देखिएको छ । बालेनले आफ्नो कार्यकालमा आर्थिक संकुचनका बीच पनि गत वैशाखसम्ममा ७०.९६ प्रतिशत प्रगति हासिल गरेका छन् । चालू आवको वैशाख मसान्तसम्ममा उनले ७ अर्ब ३९ करोड ४० लाख ११ हजार ७१८ रुपैयाँ राजस्व संकलन गरेका छन् । 

४. अव्यवस्थित पार्किङ व्यवस्थित: संघीय राजधानीसहितको महानगर भएकाले काठमाडौंभित्र चल्ने सवारी साधनको संख्या निकै बाक्लो रहेको छ । जसले गर्दा सवारी साधनको उचित पार्किङको व्यवस्था समेत नभएको समयमा मेयर बालेनले आफ्नो कार्यकाल शुरुवात भएको केही समयमा नै निजी क्षेत्रका अन्डरग्राउन्ड पार्किङलाई कार्यान्वयनमा ल्याए । सडकमा अव्यवस्थित पार्किङ गर्न नदिने र कतिपय स्थानमा पार्किङ क्षेत्र निर्माण गर्ने काम गरे । जसले गर्दा अहिले काठमाडौंका सडकहरु खुला र यातायात सञ्चालनको लागि सहज बनेका छन् । अव्यवस्थित पार्किङ हटाउने विषयमा व्यवसायीसँग मनमुटाव नै भए पनि मेयर बालेन शाह पछाडी नहट्दा व्यवस्थित पार्किङ गर्ने कार्यमा सफल भए ।

५. फुटपाथ व्यवस्थापन: सहरी योजनाबिना निर्माण भएको काठमाडौंमा सहज फुटपाथ कायम गर्ने कुरा आफैंमा चुनौतीपूर्ण थियो । हजारौं व्यवसायीको जीवन जोडिएको अव्यवस्थित फुटपाथ व्यवस्थापनमा मेयर बालेन शाह निर्मम भएर प्रस्तुत भइदिए । जसका कारण फुटपाथमा अव्यवस्थित ढंगले व्यापार गर्ने र पेशेवर माग्नेहरुलाई महानगरले बल प्रयोग गरेर हटाउने काम भयो । बल प्रयोगको विषयलाई लिएर बालेनले निकै आलोचना समेत खेप्नुपर्यो । जसकारण सर्वसाधारण आवतजावत गर्न नै नमिल्ने फुटपाथहरु अहिले खुला भएका छन् । 

६. फोहोर व्यवस्थापन: महानगरको फोहोर व्यवस्थापन गर्छु भनेर मेयरका लागि चुनावी मैदानमा उठेका मेयर बालेन शाहले प्रतिक्षा गरेझै काठमाडौंको फोहोर आंशिक रुपमा व्यवस्थापन गरि छाडे । तर अझै पनि काठमाडौंको फोहोर व्यवस्थापनको विषय सल्टिएको भने छैन तर, महानगरसँग भएको जनशक्तिको उच्चतम प्रयोग गरेर बालेनले फोहोरलाई घर र सहरबाट समयमा नै उठाउने काम भने निरन्तर गरि नै रहेका छन् । जसले गर्दा काठमाडौंका सडकमा विगतमा झै फोहोरको डंगुर भने देख्नुपर्ने अवस्था छैन ।

महानगरका अनधिकृत संरचना भत्काउन बालेन अघि अघि, डोजर पछि पछि

काठमाडौंको अर्को मुख्य समस्या सार्वजनिक क्षेत्र मिच्ने र त्यस ठाउँमा आफ्ना निजी संरचना निर्माण गर्ने कामलाई हटाउन मेयर बालेन शाहले अभियानकै रुपमा अगाडि बढाएका छन् ।

७. अनधिकृत संरचना हटाइयो: काठमाडौंको अर्को मुख्य समस्या सार्वजनिक क्षेत्र मिच्ने र त्यस ठाउँमा आफ्ना निजी संरचना निर्माण गर्ने कामलाई हटाउन मेयर बालेन शाहले अभियानकै रुपमा अगाडि बढाएका छन् । उनले अहिलेसम्म धेरै ठाउँमा यस्ता काम सम्पन्न गरिसकेका छन् भने कतिपय ठाउँमा महानगरले अझै पनि सो अभियानलाई जारी नै राखेको छ । कतिपय संरचनाको विषयलाई लिएर अदालतमा मुद्दा पनि परेका छन् । तर, यी सबै प्रकारका अवरोधका बाबजुद पनि बालेनले सार्वजनिक क्षेत्र मिचेर बनाइएका घर, सार्वजनिक भवन, प्रहरी बिट जस्ता संरचनाहरु हटाउने कार्यलाई निरन्तरता दिँदै आएका छन् ।

८. होडिङ बोर्ड हटाए: बालेन शाह मेयर बन्नु अघिसम्म महानगर जताततै होडिङ बोर्डमय बनेको थियो । होडिङबोर्डकै कारणले घरको कलाकृति र आकार नै नराम्रो देखिन्थ्यो तर बालेन आएसँगै कानून अनुसार होडिङ बोर्डको साइज कार्यान्वयनको सुरुवात गरेर पुराना र भद्दा होडिङ बोर्डहरु प्रहरी नै परिचालन गरेर हटाउने काम गरे । जसले गर्दा आज काठमाडौंका घरहरुले आफ्नो स्वरुप पाएका छन् भने महानगरले होडिङ बोर्डबाट कर आम्दानी पनि गरिरहेको छ । 

लामो समयदेखि चर्चामा त रहेको तर कसैले समाधान नगरेको सो समस्यालाई मेयर बालेनले कार्यान्वयनको लागि पहल अगाडि बढाएका छन् ।

९. अव्यवस्थित तार पनि हटाइँदै: काठमाडौं शहरको अर्को समस्याका रुपमा अव्यवस्थित तार थियो जसले शहरकै सुन्दरतालाई कुरुप बनाउने काम गरिहेको थियो । लामो समयदेखि चर्चामा त रहेको तर कसैले समाधान नगरेको सो समस्यालाई मेयर बालेनले कार्यान्वयनको लागि पहल अगाडि बढाएका छन् । मेयर बालेनको पछिल्लो निर्णयसँगै तारको माध्यमबाट सेवा प्रवाह गर्ने निजी कम्पनीले पनि आफ्नो तार व्यवस्थित गर्ने कामलाई अगाडि बढेका छन् । सो कार्यको थालनी भएसँगै काठमाडौंमा आगलागीको जोखिम पनि न्यून भएर गएको छ । 

१०. फायर हाइड्रेन्ट जडान: काठमाडौं महानगरलाई आगलागीबाट बचाउन मेयर बालेन शाहले अधिकांश स्थानमा फायर हाइड्रेन्ट निर्माण गरेका छन् । बालेनले यो कार्यलाई अभियानकै रुपमा अगाडि बढाएका छन् । जसले गर्दा भविष्यमा आगलागीका घट्नाबाट हुनसक्ने क्षतिको जोखिमलाई घटाउने मेयर बालेनले विश्वास लिएका छन् । 

११. चौबिसै घण्टा नि:शुल्क एम्बुलेन्स सेवा: मेयर बालेन शाहले चौबिसै घण्टा नि:शुल्क एम्बुलेन्स सेवा दिँदै आएका छन् । मेयर बालेन शाहले आवश्यक परेका मानिसहरुले उपत्यका भित्र २४ घण्टा नै १०२ मा कल गरेर नि:शुल्क सेवा लिन सक्ने सुविधा दिँदै आएका छन् । 

१२. सबै वडामा नि:शुल्क कानुनी परामर्श: काठमाडौं महानगरपालिकाका हरेक वडामा जाने हो भने अहिले फरक दृश्य देखिन्छ । हरेक वडा कार्यालयमा ‘नि:शुल्क कानुनी सेवा’ लेखिएको बोर्ड वा ब्यानर भेटिन्छ । जहाँ कानुनी पृष्ठभूमिकै व्यक्ति सेवाग्राहीका लागि लिखित, मौखिक वा अन्य किसिमका कानुनी सेवाका लागि नि:शुल्क उपस्थित हुन्छन् । यो कार्य मेयर बालेन शाहकै कारण सम्भव भएको हो । बालेनले सुरु गरेको ‘नि:शुल्क कानुनी सेवा’ कार्यक्रमबाट एक महिनामै २८ सयभन्दा बढी मानिसहरुले सेवा लिएका थिए । जुन अहिले पनि निरन्तररुपमा जारी छ ।  

‘आदिपुरुष’मा समावेश भारतीय छोरी हुन् भन्ने आपत्तिजनक सन्देश हटाउन दिएको अल्टिमेटममा सुनुवाइ नभएपछि मेयर बालेनले भारतीय कुनै पनि चलचित्र काठमाडौं महानगरमा चल्न नदिने निर्णय गरेका हुन् । 

१३. भारतीय चलचित्र प्रदर्शनमा रोक: मेयर बालेन्द्र शाहले चलचित्र ‘आदिपुरुष’मा समावेश जानकी भारतीय छोरी हुन् भन्ने आपत्तिजनक सन्देश नहटाएपछि काठमाडौंभित्र भारतीय चलचित्रको प्रदर्शनी रोक लगाए । ‘आदिपुरुष’मा समावेश भारतीय छोरी हुन् भन्ने आपत्तिजनक सन्देश हटाउन दिएको अल्टिमेटममा सुनुवाइ नभएपछि मेयर बालेनले भारतीय कुनै पनि चलचित्र काठमाडौं महानगरमा चल्न नदिने निर्णय गरेका हुन् । 

१४. लामो दुरीका सवारी साधन गोंङगबु बसपार्कबाट मात्रै छुट्ने: जथाभावी यात्रुहरु चढाएर सडकको सौन्दर्यतालाई बिगारेको भन्दै मेयर बालेन शाहले काठमाडौँ महानगरबाट बाहिर लामो, मध्यम तथा छोटो दुरीमा सञ्चालन हुने यात्रुबाहक सवारी साधन नयाँ बसपार्क गोंङगबुबाट मात्रै छुट्नुपर्ने ब्यवस्था गरे । जसले गर्दा अहिले सडकमा हिँड्दा मानिसहरुले सवारी साधनमा जथाभावी चढेको विरलै देखिन्छ । 

No photo description available.

१५. गैरकानूनी रूपमा सञ्चालित स्वास्थ्य संस्थामा ताला: कोटेश्वरमा रहेको सहयात्री अस्पताल एन्ड वर्थिङ सेन्टर र बौद्धस्थित चाइनिज पिपुल्स अस्पतालमा मेयर बालेन शाहले गैरकानूनी रूपमा सञ्चालन गरेको भन्दै ताला लगाइदिएका थिए । मेयर बालेन शाहले महानगरभित्र रहेका सबै प्रकृति र तहका अस्पतालले देखिने गरी सेवा सुविधामा सर्वसाधारणको पहुँच स्थापित गर्ने गरी सुधार नगरेमा संघ र प्रदेश मातहतका अस्पतालमा समेत हस्तक्षेपकारी कानुनी कारबाही गरिने बताएका छन् । लोकप्रियताका लागि नभई कानूनमा भएको व्यवस्था अनुसार स्वास्थ्य सेवा सर्वसाधारणको सेवामा पुर्‍याउन यो काम गरिएको मेयर बालेनले बताएका छन् । महानगरले जेठ ६ गते असहाय विपन्नसहित लक्षित वर्गलाई कुल शय्याको १० प्रतिशत नि:शुल्क उपचार गर्नुपर्ने सूचना पनि जारी गरेको थियो । 

१६. सिसिटिभी जडान गर्न नेपाल प्रहरीलाई ६ करोड: मेयर बालेन शाहले काठमाडौं महानगरपालिकाका विभिन्न स्थानमा सिसिटिभी जडान र सञ्चालन गर्न नेपाल प्रहरीलाई ६ करोड दिए । सहरको शान्ति सुरक्षा, अपराध नियन्त्रण, दुर्घटना, फोहरमैला व्यवस्थापन, फुटपाथ अतिक्रमण, प्रदूषण, सार्वजनिक सम्पत्तिको उपयोगजस्ता सहरी सुशासन र महानगरपालिकाको कार्य सम्पादनलाई सूचना प्रविधि प्रणालीमा आवद्ध गराउन मेयर बालेन शाहले नेपाल प्रहरीलाई उक्त रकम उपलब्ध गराएका थिए ।

१७. पार्क निर्माण र वृक्षारोपणका लागि ५० करोड: मेयर बालेन शाहले काठमाडौं महानगरलाई हरियाली प्रबर्धनका लागि ५० करोड रूपैयाँ जारी वर्षका लागि विनियोजन गरेको छ । मेयर शाहले महानगरले पार्क, आइल्याण्ड निर्माण, संरक्षण र वृक्षरोपणका लागि ५० करोड रुपैयाँ विनियोजन गरेको छ । महानगरलाई हरियाली बनाउने लक्ष्यको ज्वलन्त उदाहरणका रुपमा बिजुली बजारमा रहेको आर्क ब्रिज र विभिन्न स्थानमा रोपिएको विरुवाहरुलाई लिन सकिन्छ । 

१८. ३२ वटै वडामा एक डाक्टर, नर्स र इन्जिनियर: मेयर बालेन शाहले काठमाडौं महानगरपालिकाको ३२ वटै वडामा एमडीजीपी डाक्टर र नर्स राखेका छन् । यस्तै मेयर बालेन शाहले ३२ वटै वडामा वडा क्लिनिक पनि सञ्चालन गर्दै आएका छन् । त्यसबाहेक पनि बालेनले महानगरभित्रको बजारमा बिक्री वितरण हुने खाद्यान्न, तरकारी र फलफूलको गुणस्तर परीक्षणको लागि पाँच जना फुड टेक्नोलोजी विज्ञ पनि करार सेवामा राख्दै आएका छन् ।

May be an image of 10 people and text

१९. निजी विद्यालयको शुल्क निर्धारण: मेयर बालेन शाहले जारी वर्षदेखि काठमाडौं महानगरपालिका भित्र रहेका संस्थागत (निजी) विद्यालयको शुल्क निर्धारण गरेको छन् । महानगरको शिक्षा विभागले निजी विद्यालयलाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गमा वर्गीकरण गरी वर्गअनुसारको अधिकतम शुल्क लिन पाउने व्यवस्था गरेको हो । काठमाडौं महानगरमा ९१ सामुदायिक र ६४५ संस्थागत गरी ७३६ विद्यालय छन् । यी विद्यालयमा दुई  लाख तीन हजार ९७१ विद्यार्थी अध्ययनरत छन् । यसमध्ये एक लाख ५८ हजार ९७१ संस्थागत विद्यालयमा र बाँकी सामुदायिक विद्यालयमा अध्ययन गर्छन् ।

May be an image of slow loris and text that says '0088 UNIT'

२०. प्लास्टिक झोलाको प्रयोगमा रोक: मेयर बालेन शाहले काठमाडौं महानगरपालिका भित्र प्लास्टिकको झोला प्रयोगमा रोक लगाएका छन् । मेयर बालेनको निर्देशन अनुरुप वातावरण व्यवस्थापन विभागले एक सूचना प्रकाशित गर्दै प्लास्टिकजन्य सामग्रीको प्रयोगमा रोक लगाएको थियो । जस अनुरुप वातावरणीय प्रदूषण न्यूनीकरण गर्न साउन १ गतेदेखि लागू हुने गरी प्लास्टिकको पुष्पगुच्छा, माला तथा ४० माइक्रोनभन्दा पातलो झोलाको बिक्री, वितरण, भण्डारण, ओसारपसार तथा प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । विभागले प्लास्टिकको झोलाको विकल्पमा कागज तथा कपडाको झोला प्रयोग गर्न सबै प्रकारका उत्पादक, वितरक, बिक्रेता तथा सर्वसाधारणलाई सुझावसमेत दिएको छ ।

Logo