नाइजरमा सैन्य ‘कू’ : अमेरिका र ईयू आवद्ध देशहरूको गम्भीर चासो, के बाजुम फर्कन्छन् राष्ट्रपतिमा ? [भिडियाेसहित]

नाइजरमा सैन्य ‘कू’ : अमेरिका र ईयू आवद्ध देशहरूको गम्भीर चासो, के बाजुम फर्कन्छन् राष्ट्रपतिमा ? [भिडियाेसहित]

केन्द्रबिन्दु
0
Shares

विश्वको सबैभन्दा ऋणी राष्ट्रमध्ये एक हो नाइजर। पश्चिम अफ्रिकाको करिब २ करोड ५० लाख जनसङ्ख्या भएको एउटा सानो देशको सैन्य विद्रोहले सुपरपावरफुल छिमेकी मुलुकहरुको निद्रा उडाएको छ । नाइजरमा संविधानको उल्लंघन गर्दै सेनाले सबै संवैधानिक संस्थाहरूलाई किन निलम्बन गर्यो ? 

जुलाई ३० मा नाइजेरियास्थित अबुजाको एक आपतकालिन बैठकमा पश्चिम अफ्रिकी राज्यको आर्थिक समुदाय‘इकोनोमिक कम्युनिटी अफ वेस्ट अफ्रिकन स्टेट्स (इ.सी.ओ.डब्ल्यु.ए.एस्) ले नाइजरका निर्वाचित राष्ट्रपति मोहम्मद बाजुमको ‘तुरुन्त रिहाई र पुनर्स्थापना’ को माग गर्यो। उनी साउन जुलाई १९ देखि सेनाको नियन्त्रणमा थिए । क्षेत्रीय गुटले नाइजरमा सेनालाई पालना गर्न एक हप्ताको अल्टिमेटम दिदैआफूले संवैधानिक व्यवस्था पुनर्स्थापना गर्न बल लगायत सबै आवश्यक कदम चाल्नेचेतावनी दियो । जुलाई २८ मा, नाइजरका राष्ट्रपति गार्डका प्रमुख, जनरल अब्दुरहमान चियानीले सेनाले सत्ता कब्जा गरेपछि आफूलाई राज्यको प्रमुख घोषणा गरे।

कुनै पनि क्षेत्रीय र विदेशी हस्तक्षेप विरुद्ध चेतावनी बाहेक, नाइजरका सैन्य नेताहरूले अगाडिको बाटोको कुनै संकेत दिएका छैनन्।यो विद्रोहले नाइजर र सम्पूर्ण साहेल क्षेत्रमा शान्ति र स्थिरतामा निकै प्रभाव पार्नेछ। यद्यपि नाइजरले भर्खरै स्वतन्त्रता पछिको सबैभन्दा लामो लोकतान्त्रिक शासनको आनन्द उठाएको छ, तर विद्रोहको खतरा निरन्तर छ। सन् २०२१ मा बाजुम राष्ट्रपतिमा निर्वाचित हुँदा उनको सपथग्रहण हुनुभन्दा ४८ घन्टाअघि त्यहाँ कू को प्रयास भएको थियो । राष्ट्रपति गार्डहरूले कू षड्यन्त्रकारीहरूसँग लड्दा पछि उक्त प्रयास असफल भयो।

विद्रोहको नेतृत्व गर्ने कारकहरू 
मुख्यतया भर्खरको विद्रोहको नेतृत्व गर्ने कारकहरु हुन्, जातीयता, विदेशी सेना को उपस्थिति र क्षेत्रीय निकायहरूको कमजोरी।बढ्दो असुरक्षा र घट्दो आर्थिक सम्भावनाले देशमा कमजोरी सिर्जना गरेकोमा कुनै शंका छैन ।विशेष गरी अमेरिका र फ्रान्सबाट विदेशी सेना र नाइजरमा सैन्य अड्डाहरू बढेको भएता पनि नेतृत्वले विद्रोही आक्रमण रोक्न सकेको छैन। देशमा धेरै विद्रोही समूहहरू सक्रिय छन्, जस्तै अल–कायदा र इस्लामिक स्टेटसँग सम्बद्ध संगठनहरू, साथै बोको हराम।यी आक्रमणहरूले पछिल्लो दशकमा हजारौंको मृत्यु र विस्थापित भएका छन्। 

अब के हुन्छ ?
नाइजरमा भएको सैनिक विद्रोहलाई पश्चिम अफ्रिकी तीन देशले समर्थन गरेपछि फ्रान्सले मंगलबार ठूलो कदम चालेको छ । फ्रान्सेली विदेश मन्त्रालयले आफ्ना नागरिक र युरोपेली देशका मानिसहरूलाई बाहिर निकाल्ने तयारीको मंगलबार घोषणा गरेको छ । फ्रान्सेली मन्त्रालयले एक विज्ञप्तिमा नाइजरका प्रजातान्त्रिक रूपमा निर्वाचित राष्ट्रपति मोहम्मद बाजुमको विरुद्ध गत हप्ताको विद्रोहको गहिरो संकटको बीचमा फ्रान्सेली र अन्य युरोपेलीहरूलाई हटाउने अभियान सुरु गरिएको बताएको छ । फ्रान्स,इटाली लगायत कम्तिमा चार युरोपेली देशहरूले नाइजरमा रहेका आफ्ना नागरिकहरूलाई बाहिर निकाल्ने योजना भइरहेको बताएका छन्।

Logo