बाढीले नख्खुबासीको बेहाल, पीडित भन्छन्– जीवनमा पहिलोपटक यस्तो विपत्ति भोग्यौँ [भिडियोसहित]

बाढीले नख्खुबासीको बेहाल, पीडित भन्छन्– जीवनमा पहिलोपटक यस्तो विपत्ति भोग्यौँ [भिडियोसहित]

केन्द्रबिन्दु
980
Shares

काठमाडौँ । अविरल वर्षाका कारण काठमाडौँ उपत्यका पनि देशका अन्य क्षेत्रमा जस्तै अत्याधिक बाढी र डुबानबाट प्रभावित बनेको छ ।

काठमाडौँ, ललितपुर र भक्तपुरमा जुन प्रकारका भीषण बाढी देखियो त्यो २०५० सालमा मात्र देखिएको थियो । अझै यसपटक त झन् ५० सालभन्दा बढी मानवीय र भौतिक क्षति भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

यस्तोमा केन्द्रबिन्दु टोलीले ललितपुरस्थित नख्खु खोलाले निम्त्याएको विनास र त्यसबाट ३०० सय घरमा पर्न गएको भौतिक र मानवीय क्षतिका क्षणहरूलाई क्यामराका लेन्समा कैद गरेको छ । स्थलगल रिपोर्टिङ गर्ने क्रममा नख्खु खोलाले बगाएर ल्याएको डोजर र ढुवानीमा प्रयोग हुने गाडीलगायत सवारीसाधन, मेडिसिटी हस्पिटलको पहिलो तल्लामा बाढीले पुर्‍याएको क्षति र बाढीले सिंगो सडकमा पुर्‍याएको क्षतिलगायत दृश्य हामीले कैद गरेका छौँ । हेरौँ एक रिपोर्ट–

Logo