जलवायु परिवर्तनको असरः हिमनदीमा हिउँको मात्रमा तीब्र गिरावट

जलवायु परिवर्तनको असरः हिमनदीमा हिउँको मात्रमा तीब्र गिरावट

केन्द्रबिन्दु
0
Shares

स्विट्जरल्यान्डका हिमनदीमा सन् १९३० को प्रारम्भदेखि आधा मात्रा हिउँ घटेको एक नयाँ अध्ययनले देखाएको छ ।

जलवायु परिवर्तनबारे बढ्दो चासोबीच हिउँ संरचनाको गिरावट आएको फक्स न्युजले आफ्नो एक रिपोर्टमा जनाएको छ । सन् २००० देखि वैज्ञानिकहरू हिमाली भेग र अन्य क्षेत्रमा तीब्र ढंगले पग्लिएका हिमनदीबारे नजिकबाट अवलोकन गरिरहेका छन् । उनीहरुका अनुसार जलवायु परिवर्तनले यस्तो हिमनदी पग्लिएको हो ।

पछिल्लो अध्ययन गर्ने अन्वेषकहरूले २०औँ शताब्दीमा टोपोग्राफिकल परिवर्तनहरूको विश्लेषणको आधारमा स्विट्जरल्याण्डमा हिउँको क्षतिको पहिलो पटक पुनर्निर्माण गरे । 

सन् १९३० देखि २०१६ सम्म अध्ययन गरेको ८६ वर्षको अवधिमा हिमनदीहरूमा बरफको मात्रा आधाले घटेको उनीहरूले बताए । छ वर्षमा मात्रै हिमनदीहरूले आफ्नो द्रव्यमानको १२ प्रतिशतले घटेको वैज्ञानिकहरूको भनाइँ छ । उक्त अध्ययन साइन्टिफिक जर्नल क्राइसोफेयरमा प्रकाशित छ । ‘हिउँनदीको गिरावट तीब्र ढंगले भएको छ’, अध्ययनमा भनिएको छ । 

एजेन्सी

Logo