साउदी अरबद्वारा पाकिस्तानमा एक अर्ब डलर लगानी गर्ने घोषणा

साउदी अरबद्वारा पाकिस्तानमा एक अर्ब डलर लगानी गर्ने घोषणा

केन्द्रबिन्दु
0
Shares

साउदी अरेबियाले आर्थिक संकटको सामना गरिरहेको पाकिस्तानमा एक अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ । 

साउदी अरबको विदेश मन्त्रालयले ट्वीटर मार्फत यो घोषणा गरेको हो । साउदीका राजा सलमानको निर्देशनअनुसार उक्त लगानीको घोषणा गरिएको साउदी विदेश मन्त्रालयले जनाएको छ । पाकिस्तानको खस्कदो आर्थिक अवस्थामा सुधार ल्याउन उक्त लगानी गर्न लागिएको साउदी विदेश मन्त्रालयले ट्वीटरमा उल्लेख गरेको छ । 

यससम्बन्धी जानकारी बिहीबार नै पाकिस्तानका विदेशमन्त्रीलाई दिइएएको बताइएको छ । 

एजेन्सी

Logo