जर्मनीले सञ्चालन गर्यो संसारकै पहिलो हाइड्रोजन ट्रेन

जर्मनीले सञ्चालन गर्यो संसारकै पहिलो हाइड्रोजन ट्रेन

केन्द्रबिन्दु
0
Shares

विश्वको पहिलो हाइड्रोजनबाट संचालित यात्री ट्रेन नेटवर्क जर्मनीको लोअर स्याक्सनी राज्यमा सुरु भएको छ । 
जर्मनीले यो ट्रेनको परिक्षण चार वर्षअघि नै सुरु गरेको थियो । फ्रान्सेली निर्माता कम्पनी एल्सटामद्वारा निर्मित हाइड्रोजन इन्धन सेलले हाल चलिरहेका ड्राइभ भएका १४ रेलहरूले डिजेल ट्रेनलाई प्रतिस्थापन गर्नेछन् । नयाँ रेलहरू मध्ये पाँच पहिले देखि नै सञ्चालनमा छन्, । जबकि बाकिँका रेलहरू यस वर्षको अन्त्यमा चल्ने तालिका छ ।

लोअर स्याक्सोनीका मन्त्री स्टेफन वेलले भने, ‘यो परियोजना विश्वका लागि एउटा रोल मोडेल हो ।’ जर्मन सरकारका अनुसार परियोजनाको कुल लागत ९३ मिलियन यूरो रहेको छ ।

अलस्ट्राँमले एक विज्ञप्ति निकाल्दै भन्यो ‘इन्धन सेल ट्रेनहरू १ हजार किलोमिटरसम्म चल्ने बताए ।
उनले प्रयोगमा रहेका पुराना डिजेल रेलहरूलाई परिवर्तन गर्नुपर्ने बताए । कम्पनीले हाइड्रोजन वा ब्याट्रीबाट चल्ने रेल सञ्चालनको निर्णय गर्न बाँकी छ । जर्मनीले सन् १९९० को स्तरको तुलनामा २०३० सम्ममा ६५ प्रतिशतले हरितगृह ग्यास उत्सर्जन घटाउने लक्ष्य राखेको छ ।

Logo