सिरियामा अमेरिकी हमला

सिरियामा अमेरिकी हमला

केन्द्रबिन्दु
0
Shares

अमेरिकाले पूर्वी सिरियामा इरानको इस्लामिक रिभोलुसन गार्ड कोर्प्स (आईआरजीसी) सँग आबद्ध समूहविरुद्ध एकै दिनमा दुई राउण्ड हवाई हमला गरेको जनाएको छ । 

गत साता अमेरिकी सेनामाथिको हमलाको विरावेधमा अमेरिकी जेटले डेर अल जोउर प्रान्तमा बम वर्षाएको थियो । साँझमा अमेरिकी दुई आधारमा रकेट प्रहार हुँद तीन कर्मचारी घाइते भएका अमेरिकी सेनाले जनाएको छ । 

हेलिकप्टरहरूले केही रकेटहरू प्रक्षेपण गर्न प्रयोग गरिएका सवारी साधनहरूमा आक्रमण गरेका र दुई वा तीन संदिग्ध लडाकुहरू मारिए जनाइएको छ  ।

अमेरिकाले इरान र इरान समर्थित आक्रमणविरुद्ध आफ्नो रक्षा गर्न नहिचकिचाउने रक्षा उपसचिव कोलिन काहलले बताए ।

Logo