लिबियामा हिंसा अन्त्य गर्न राष्ट्रसंघको आह्वान

लिबियामा हिंसा अन्त्य गर्न राष्ट्रसंघको आह्वान

केन्द्रबिन्दु
0
Shares

लिबियाको राजधानी त्रिपोलीमा राजनीतिक गुटहरूबीचको घातक झडपको एक दिनपछि राष्ट्रसंघले  हिंसा अन्त्य गर्न आह्वान गरेको छ ।

झडपका क्रममा  कम्तीमा २३ जनाको मृत्यु र दर्जनौं घाइते भएका त्रिपोलीको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा युवा हास्य कलाकार मुस्तफा बराका पनि रहेको एक अधिकारीले बताएका छन् । सन् २०११ मा नेटो समर्थित विद्रोहले तत्कालीन शासक कर्णेल मौमुर गद्दाफीलाई अपदस्थ गरेपछि लिबिया अराजकतामा छ ।

राजधानीका विभिन्न स्थानमा आगलागी र विष्फोट भएका विवरण सार्वजनिक भएका छन् । हिंसामा अस्पतालहरू प्रभावित भएका छन् । भिडन्त भएको वरपरका क्षेत्रबाट मानिसहरू विस्थापित भएका छन् । 
एजेन्सी

 

Logo