युक्रेनले रुसी अखडामा ठूलो हमला गरेको दाबी,२ सय सैनिक मारिए

युक्रेनले रुसी अखडामा ठूलो हमला गरेको दाबी,२ सय सैनिक मारिए

केन्द्रबिन्दु
0
Shares

युक्रेनको लुहान्स्क क्षेत्रका गभर्नर सेर्ही हाइडाइले टेलिग्राम पोस्टमा आफ्ना सेनाहरूले रुसको कब्जामा रहेको कादिभका शहरको एक होटलमा हमला गरेको दावी गरेका छन् ।

उनीहरूले युक्रेनको पूर्वी क्षेत्र ( जहाँ रुसले कब्जा गरेको छ) मा रहेको बेसलाई ध्वस्त पारेर २०० रुसी सैनिक मारेका छन्। युक्रेनको पूर्वी क्षेत्रमा रुसको प्रगति ठप्प भएको बेला हाइडाईको दाबी आएको हो ।

युक्रेनी सेनाले सन् २०१४ देखि लुहान्स्क र नजिकैको डोन्स्क प्रशासित जिल्लामा रुस समर्थित पृथकतावादीहरूसँग लडिरहेको छ।

द्वन्द्व रुसले क्रिमियालाई गाभेपछि सुरु भएको थियो । लुहान्स्कका गभर्नर सेर्ही हैदाईले पनि आफ्नो पोस्टमा भवनहरूको तस्बिर देखाए, जसमा धेरै भग्नावशेष भवनहरू देखाइएको थियो।

जुलाई १९ मा युक्रेनी सेनाले पूर्वी युक्रेनको डोनबास क्षेत्रमा बीएम्–२१ मल्टिपल रकेट लन्चर प्रहार गरेको उनले बताए। त्यतिबेला पनि रुसले धेरै पीडा भोगेको थियो ।

Logo