घानाको चिडियाखानामा सिंहले खायो मान्छे

घानाको चिडियाखानामा सिंहले खायो मान्छे

केन्द्रबिन्दु
0
Shares

घानाको चिडियाखानाको एउटा सिंहले तारबार नजिक पुगेका एक व्यक्तिलाई मारेको चिडियाखानका अधिकारीहरूले बताएका छन् ।

राजधानी आक्रामा रहेको चिडियाखानाको सुरक्षा बार बाहिर हाम फालेर सिंहले आक्रमण गरेको घानाको वन्यजन्तुको प्रभारी राज्य निकाय वन आयोगले जनाएको छ । ‘घेराको भित्री बारमा रहेको एउटा सिंहले आक्रमण गरी घाइते बनाएको थियो’ विज्ञप्तिमा भनिएको । सिंहको आक्रमणमा गम्भीर घाइते उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

ती व्यक्ति चिडियानको प्रतिबन्धित क्षेत्रमा कसरी पुगे भन्ने बारेमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । एक प्रहरी प्रवक्ताले भने, ‘हामीले ती व्यक्ति कसरी प्रतिबन्धित क्षेत्रमा प्रवेश गरे भन्ने कुरा पत्ता लगाउन अनुसन्धान गरिरहेका छौं । ’

एजेन्सी

Logo