चन्द्रमामा पठाउने भनिएको रकेट प्रक्षेपण स्थगित

चन्द्रमामा पठाउने भनिएको रकेट प्रक्षेपण स्थगित

केन्द्रबिन्दु
0
Shares

अमेरिकी अन्तरिक्ष निकाय नासाले चन्द्रमासम्म पुग्ने एउटा विशाल रकेट प्रक्षेपण तयारी अन्तिम समयमा स्थगित गरेको छ ।

आर एस-२५ इन्जिनमध्ये एउटामा तापक्रम समस्या देखिएपछि रकेट प्रक्षेपण स्थागित भएको नााले जनाएको छ । उसले शुक्रबार अर्को प्रक्षेपण गर्न सक्ने जनाइएको छ । आर्टमिस नाम दिइएको यस कार्यक्रमले मानवलाई पुन: चन्द्रमामा पुर्‍याउने लक्ष्य लिएको छ । स्पेस लन्च सिस्टम एसएलएस नाम राखिएको उक्त रकेट नासाले विकास गरेको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली रकेट हो ।

केनेडी अन्तरिक्ष केन्द्रबाट स्थानीय समयअनुसार ८ बजेर ३३ मिनेटमा उक्त रकेट उडाउने तयारी थियो । तर, प्रविधिक समस्याका कारण प्रक्षेपण स्थगित गरिएको नासाले घोषणा गरेको छ । 
 

Logo