हिंसा चर्किएपछि इराकी प्रधानमन्त्रीले भने-राजीनामा दिन तयार छु

हिंसा चर्किएपछि इराकी प्रधानमन्त्रीले भने-राजीनामा दिन तयार छु

केन्द्रबिन्दु
0
Shares

इराकका प्रधानमन्त्री मुस्तफा अल-काधिमीले देशको जटिल राजनीतिक अवस्था जारी रह्यो भने पदबाट राजीनामा दिने बताएका छन् ।

सोमबार प्रदर्शनकारीहरूले सरकारी मुख्यालयमा प्रवेश गरेपछि अल-काधिमीले अर्को सूचना नभएसम्मका लागि मन्त्रिपरिषद्को बैठक स्थगित गरे ।यसअघि राजधानी बगदादमा एक प्रमुख नेताले राजनीति छोड्ने निर्णय गरेपछि भड्किएको हिंसामा कम्तीमा २३ जनाको मृत्यु भएको थियो । शिया मुस्लिम धर्मगुरु मोक्तादाले राजनीति छाड्ने घोषणा गरेका थिए । अल-सद्रका समर्थकहरूले सुरक्षा बलमािथ गोली र रकेट फायर गरेका थिए ।

एजेन्सी

Logo