रुसले बन्द गर्‍यो युरोप जाने मुख्य ग्यास पाइपलाइन

रुसले बन्द गर्‍यो युरोप जाने मुख्य ग्यास पाइपलाइन

केन्द्रबिन्दु
0
Shares

मर्मत सम्भारका लागि भन्दै रुसले मुख्य पाइपलाइनबाट युरोप आपूर्ति हुने ग्यास आपूर्ति रोकेको छ । 

रुसी सरकारको स्वामित्वमा रहेको उर्जा कम्पनी गाजप्रोमले नर्ड स्ट्रिम १ पाइपलाइनमाथिको प्रतिबन्ध आगामी ३ दिनसम्मका लागि लागू हुने बताए ।रुसले यसअघि नै पाइपलाईनमार्फत हुने ग्यास निर्यात रोक्का गरेको थियो । रुसको युक्रेन क्रमणपछि रुसलाई प्रतिबन्ध लगाउने पश्चिमी राष्ट्रहरूलाई दण्ड दिन उर्जा आपूर्तिहरूमा रोक लगाएको आरोपलाई पनि मस्कोले अस्वीकार गर्द आइरहेको छ ।

रुसको नर्ड स्ट्रिम पाइपलाइन सेन्ट पिटर्सबर्ग नजिकैको रुसी तटबाट उत्तर–पूर्वी जर्मनीको बाल्टिक सागर मुनि १२ सय किलोमिटरसम्म फैलिएको छ ।सन् २०११ मा खुलेको यो पाइपलाइनमा रुसबाट जर्मनीमा दैनिक १७० क्युबिक मिटर ग्यास आपूर्ति हुन्छ ।

रुसी अधिकारीहरुका अनुसार मर्मत सम्भारका लागि पाइपलाइन १० जुलाईका दिन बन्द भएको थियो ।  रुसले उपकरणमा समस्या भएको जनाए पनि हाल २० प्रतिशत क्षमतामा सञ्चालन भइरहेको छ । 

Logo