रूस र चीनमा एन भिडिया कम्प्युटर चिप्स निर्यातमा अमेरिकाको प्रतिबन्ध

रूस र चीनमा एन भिडिया कम्प्युटर चिप्स निर्यातमा अमेरिकाको प्रतिबन्ध

केन्द्रबिन्दु
0
Shares

अमेरिकाले रूस र चीनमा एन भिडिया कम्प्युटर चिप्स निर्यातमा प्रतिबन्ध लगाएको छ । 

बाइडेन प्रशासनले रुस र चीनले अमेरिकी टेक्नोलोजी कम्पनी एन भिडियाले सैन्य प्रयोजनका लागि प्रयोग गर्न सकिने भन्दै उच्च प्रविधियुक्त कम्प्युटर चिप्स बिक्रीमा प्रतिबन्ध लगाएको जनाएको छ । कम्पनीका अनुसार प्रविधिको निर्यात र सहयोगका लागि नयाँ इजाजतपत्र लिनुपर्ने छ। 

न्युयोर्क टाइम्सकाअनुसार अर्को अमेरिकी कम्पनी एडभान्स्डमाइक्रो डिभाइस (एएमडी)का उच्च प्रविधियुक्त उत्पादनमा पनि प्रतिबन्ध लगाइएको छ । गतहप्ता अमेरिकी राष्ट्रपति जो बाइडनले २८० अर्ब अमेरिकी डलरको ‘चिप्स एण्ड साइन्स एक्ट २०२२’ लागू गर्न कार्यकारी आदेशमा हस्ताक्षर गरेको थिए । 

यसमा चीनको बढ्दो प्राविधिक प्रभावको सामना गर्न अमेरिकी सेमी कण्डक्टर उत्पादकहरूका लागि ५२ अर्ब अमेरिकी डलरभन्दा बढी अनुदान समावेश छ । चीनले सेमीकण्डक्टरका स्थानीय उत्पादकलाई सहयोग गर्ने उद्देश्यले अमेरिकी चिप्ससम्बन्धी नयाँ कानूनको विरोध गरेको छ । 

Logo