पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे श्रीलंका फर्किने

पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे श्रीलंका फर्किने

केन्द्रबिन्दु
0
Shares

श्रीलंकाका पूर्वराष्ट्रपति  गोटाबाया राजापाक्षे श्रीलंका फर्कने भएका छन् । देशमा भएको ऐतिहासिक आर्थिक संकट र त्यसले निम्त्याएको राजनीतिक संकट र अशान्तिपछि उनले देश छाडेका थिए । 

उनको स्थानमा रनिल विक्रमासिंघेले राष्ट्रपतिको जिम्मेवारी सम्हाल्दैछन् । देशमा चरम आर्थिक र राजनीतिक संकट र उनीविरुद्धको विद्रोहका बीच जुलाईमा उनी देश छोड्न बाध्य भएका थिए। श्रीलंकाका पूर्व राष्ट्रपति शनिबार थाइल्याण्डबाट स्वदेश फर्कन सक्ने सञ्चारमाध्यमहरुले जनाएका छन् ।

राजापाक्षेका निकट सहयोगी तथा रसियाका लागि श्रीलंकाका पूर्व राजदूत उदयांगा वीरतुंगाले राजपाक्षे शनिबार थाइल्याण्डबाट स्वदेश फर्किन सक्ने संकेत गरेका छन् । यसअघि उनले भदौ २४ गते राजापाक्षे स्वदेश फर्कने संकेत गरेका थिए ।
 

Logo