अर्जेन्टिनाकी उपराष्ट्रपतिमाथि हत्याको प्रयास

अर्जेन्टिनाकी उपराष्ट्रपतिमाथि हत्याको प्रयास

केन्द्रबिन्दु
0
Shares

अर्जेन्टिनाकी उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेजमाथि घातक हमला भएको खबर बाहिर आएको छ । तर, उनी आक्रमणबाट जोगिएकी छिन् । 

जानकारीका अनुसार क्रिस्टिनाको घर बाहिर एक व्यक्तिले उनलाई पेस्तोल तानेको थियो । यो घटनाको भिडियो सामाजिक सञ्जालमा तिब्र रुपमा भाइरल भइरहेको छ ।

आक्रमणकारीले उपराष्ट्रपतिलाई पेस्तोल देखाउनेबित्तिकै त्यहाँ उपस्थित सुरक्षाकर्मीले उनलाई पछाडि धकेले, जसका कारण उनी जोगिएको बताइएको छ । 

आक्रमणकारीलाई तत्कालै सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए । अहिलेसम्म प्राप्त जानकारी अनुसार आक्रमणकारी ब्राजिलियन मूलको भएको बताइएको छ । देशका अर्थमन्त्री सर्जियो मासाले घटनालाई हत्याको प्रयास भनेका छन् ।

Logo