रुसबाट जर्मनी जाने ग्यास पाइपलाइन अनिश्चितकालका लागि बन्द

रुसबाट जर्मनी जाने ग्यास पाइपलाइन अनिश्चितकालका लागि बन्द

केन्द्रबिन्दु
0
Shares

रुसबाट जर्मनी जाने ग्यास पाइपलाइन शनिबार पनि खुला नहुँने भएको रुसी उर्जा कम्पनी ग्याजप्रोमले जनाएको छ । ग्यास प्रवाह हुने नर्ड स्ट्रिम १ पाइप लाइनबाट ग्यास चुहेकाले अनिश्चितकालका लागि बन्द गरिएको कम्पनीले जनाएको छ । केही दिनदेखि बन्द उक्त पाइपलाइन शनिबार पुनः खुला हुने बताइएको थियो । 

पाइप लाइनमा मर्मत सम्भार गर्न आवश्यक भन्दै कम्पनीले तीन दिनदेखि ग्यास आपूर्ति रोकेको थियो । यो जाडो मौसममा युरोपेली युनियनका मानिसहरुले ताप लिन ठूलो मूल्य चुकाउनुपर्ने त्रासबीच उक्त पाइप लाइन अनिश्चतकालीन समयका लागि बन्द भएको विवरण सार्वजनिक भएको छ  । रुसले २४ फेब्रवरीदेखि युक्रेनमा हमला गरेपछि ग्यासको मूल्यमा अस्वभाविक वृद्धि भएको छ । 

मस्कोले युद्धका लागि गर्दै आएको खर्च घटाउने प्रयत्नमा युरोपले रुसी उर्जा कम प्रयोग गर्ने प्रयास गरे सफल हुन सकेको छैन् । रुसी कदम अनौठो नभएको ईयू परिषदका अध्यक्ष चाल्र्स मिसेलले बताएका छन् । उर्जामा निर्भर रहने मार्गलाई तीब्रता दिने अध्यक्ष मिसलले बताएका छन् । ‘ युक्रेनका नागरिकहरुको रक्षा र युक्रेनको स्वतन्त्रता नै हाम्रो कर्तव्य हो’, उनले भने ।
 

Logo