इन्धनको मूल्य नियन्त्रण गर्न माग गर्दै चेक रिपब्लिकामा विशाल प्रदर्शन

इन्धनको मूल्य नियन्त्रण गर्न माग गर्दै चेक रिपब्लिकामा विशाल प्रदर्शन

केन्द्रबिन्दु
0
Shares

इन्धनको बढ्दो मूल्यवृद्धि नियन्त्रण गर्न माग गर्दै चेक रिपब्लिकाको राजधानी प्रागमा शनिबार विशाल प्रदर्शन भएको छ। करिब ७० हजार मानिस सहभागी रहेको उक्त प्रदर्शनका सहभागीले युरोपेली संघ (ईयू) र नेटोको समेत विरोध गरे।

कम्युनिस्ट पार्टीसहित दक्षिणपन्थी र साना राजनीतिक दलहरुका समूहबाट प्रतिनिधित्व गर्ने प्रदर्शनकारीले केन्द्रीय युरोपेली राष्ट्र सैन्य रूपमा तटस्थ हुनुपर्ने र रुसलगायतका ग्याँस आपूर्तिकर्ताहरूसँग प्रत्यक्ष सम्झौता सुनिश्चित गर्नुपर्ने माग गरे। प्रदर्शनमा करिब ७० हजार प्रदर्शनकारीको सहभागिता रहेको पहरीले अनुमान गरेको छ।

‘हाम्रो प्रदर्शनको उद्देश्य परिवर्तनको माग गर्नु हो। बिजुली र ग्यासको समस्या समाधान गर्नु हो। यसले हाम्रो अर्थतन्त्रलाई शरद ऋतुमा ध्वस्त पार्छ’ कार्यक्रमका सह–आयोजक जिरी ह्याभेलले भने।

सरकारले विश्वासका मत लिएको एक दिनपछि सरकारविरोधी विशाल प्रदर्शन भएको हो। विपक्षीले मुद्रास्फीति र ऊर्जाको मूल्यमा सरकार निष्क्रिय भएको आरोप लगाएका छन्।

Logo