अन्टार्कटिकामा प्रकोप ल्याउने ‘डुम्सडे ग्लेशियर’ पग्लने दर बढ्यो

अन्टार्कटिकामा प्रकोप ल्याउने ‘डुम्सडे ग्लेशियर’ पग्लने दर बढ्यो

केन्द्रबिन्दु
0
Shares

अन्टार्कटिकाको ‘डुम्सडे ग्लेशियर’ पग्लिएपछि विश्वको समुद्री सतहमा ठूलो वृद्धि हुन सक्छ । 

‘डुम्सडे ग्लेशियर’ नाम यसको द्रुत पग्लिने भएका कारण राखिएको हो । जसको अर्थ प्रलय हुन आउछ । यसको मूल नाम थ्वाइट्स ग्लेशियर हो । वैज्ञानिकहरू चिन्तित छन् किनकी यो अपेक्षित भन्दा छिटो पग्लिरहेको छ । जसले समुद्री सतहमा ठूलो परिवर्तन ल्याउन सक्छ । अन्टार्कटिकाको थ्वाइट्स ग्लेशियर पग्लिएर समुद्रको सतह धेरै फिट माथि बढाउन सक्छ । यो ग्लेशियरको आकार बेलायतको क्षेत्रफल जतिकै छ ।

यस्तै चिन्ताका बीच पृथ्वीको बढ्दो तापक्रमका कारण हिमनदी पग्लिरहेको छ । नेचर जियोसाइन्समा प्रकाशित एक अध्ययनमा वैज्ञानिकहरूले ग्लेशियर भविष्यमा कस्तो हुनेछ भनेर जान्नको लागि ग्लेशियरको ऐतिहासिक नक्साङ्कन गरेका छन् । यसमा उनीहरुले दुई शताब्दीमा हिमनदीको आधार समुन्द्रबाट अलग भएको पत्ता लगाएका छन् । त्यसयता यो ग्लेशियर हरेक वर्ष २.१ किलोमिटरको दरले पग्लिरहेको छ । यो विगत एक दशकमा वैज्ञानिकहरूले अवलोकन गरेको दरभन्दा दोब्बर हो ।

यस अनुसन्धानका प्रमुख लेखक तथा युनिभर्सिटी अफ साउथ फ्लोरिडाका सामुद्रिक भू–भौतिकशास्त्री एलिस्टेयर ग्राहमले २० औं शताब्दीको मध्यमा हिमनदी द्रुत गतिमा लोप भएको बताए । तर भविष्यमा यो ग्लेशियर अझ छिटो पग्लने सम्भावना छ । यदि यो ग्लेशियर पूर्णतया पग्लियो भने, समुद्र सतह तीन फिट सम्म बढ्न सक्छ । जसका कारण तटीय क्षेत्रसँग जोडिएका देशलाई ठूलो नोक्सान हुने छ । क्षतिको कुरा गर्ने हो भने विगत तीन दशकमा समुन्द्रको सतह एक फिटभन्दा कमले बढेको बुझिन्छ ।

Logo