समुद्रमा घुम्न गएकी महिलाको सार्ककको आक्रमणमा मृत्यु

समुद्रमा घुम्न गएकी महिलाको सार्ककको आक्रमणमा मृत्यु

केन्द्रबिन्दु
0
Shares

बहामासमा आफ्नो परिवारसँग समुद्रमा घुम्न गएकी  एक अमेरिकी महिलाको सार्ककको आक्रमणमा मृत्यु भएको छ । अमेरिकी राज्य पेन्सिल्भेनियाकी ५८ वर्षीया महिलालाई बहामियाको राजधानी नासाउ नजिकै रहेको ग्रीन केको पानीमा मंगलबार दिउँसो सार्कले आक्रमण गरेको बहामियन प्रहरीले जनाएको छ ।

‘टुर अपरेटरहरू र परिवारका सदस्यहरूले महिलालाई बचाउने प्रयास गरे’ प्रहरीले एक विज्ञप्तिमा भनेको ‘यद्यपि, तिनीहरू असफल भए जसको कारण महिलाको शरीरको देब्रे भागमा गम्भीर चोट लागेको थियो’, प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

उनलाई समुद्रबाट बाहिर ल्याउदा उनी मृत भइसकेको प्रहरीले जनाएको छ । सार्कले महिलामाथि गरेको आक्रमणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । 

Logo