स्वर्गिय बेलायती महारानी एलिजाबेथको निधनमा भारतले एक दिने राष्ट्रिय शोक मनाउने

स्वर्गिय बेलायती महारानी एलिजाबेथको निधनमा भारतले एक दिने राष्ट्रिय शोक मनाउने

केन्द्रबिन्दु
0
Shares

बेलायती महारानी एलिजाबेथ द्वितीयको निधन भएकोमा भारतले राष्ट्रिय शोक मनाउने भएको छ । 

भारत सरकारले आउँदो सेप्टेम्बर ११ तारिखका दिन राष्ट्रिय शोक मनाउने निर्णय गरेको अधिकारीहरुले जनाएका छन् । ‘उहाँप्रति सम्मान व्यक्त गर्न हामीले एक दिन राष्ट्रिय शोक मनाउने निर्णय गरेका छौँ’, भारतको विदेश मन्त्रालयद्वारा जारी एक वक्तव्यमा लेखिएको छ ।  
शोक मनाउने दिन भारत र विदेशमा रहेका भारतीय कार्यालयहरूमा भारतीय झण्डा आधा झुकाउने र त्यस दिन कुनै सरकारी कार्यालयको काम नगर्ने मन्त्रालयले जनाएको छ । 

बेलायतको इतिहासमा सबैभन्दा धेरै समय राजगद्दीमा रहेकी महारानी एलिजाबेथ द्वितीयको मृत्यु बिहीवार ९६ वर्षको उमेरमा निधन भएको हो । उनले बेलायतको रानीको रूपमा ७० बर्षभन्दा बढी समय भूमिका निर्वाह गरेकी थिइन । उनको निधनसँगै उनका छोरा चार्ज तृतीय बेलायतको राजा बनेका छन् । 

Logo