४ किलो एम्बरग्रीस (ह्वेल बान्ता) बरामद

४ किलो एम्बरग्रीस (ह्वेल बान्ता) बरामद

केन्द्रबिन्दु
0
Shares

भर्खरै भारत उत्तर प्रदेश स्पेशल टास्क फोर्स (एसटीएफ) ले ४ किलो एम्बरग्रीस जफत गरेको छ ।

जसको मूल्य लगभग जफत गरिएको सो एम्बरग्रीसको मुल्य १० करोड भारु अनुमान गरिएको छ । विगत १५ महिनामा स्पेशल टास्क फोर्सले करिब ३० किलो ह्वेलको वान्ता बरामद गरेको छ । भारतमा एम्बरग्रीस किन्न र बेच्न अवैध छ ।

एम्बरग्रीस अर्थात् ह्वेलको बान्तालाई समुद्रको तैरिरहेको सुन भनिन्छ । आज हामी यहाँ ह्वेल बान्ता किन यति अनौठो छ ? किन कालो बजारमा यसको मूल्य यति धेरै छ भन्ने कुरा बुझ्ने प्रयास गर्नेछौँ र ४० भन्दा बढी देशमा यसलाई किन प्रतिबन्ध लगाइएको छ भन्ने पनि बुझ्ने प्रयास गर्नेछौँ ।

यो समाचार पढ्दा तपाईको मनमा यो विचार पक्कै आएको होला कि किन बेचिन्छ वान्ता यति महँगो मुल्यमा ? एम्बरग्रिस एक कडा मोम जस्तै हुन्छ, जुन शुक्राणु ह्वेल को आन्द्रामा बन्छ । ‘तैरिरहेको सुन’ भनेर चिनिने प्रसिद्ध एम्बरग्रीस समुन्द्रमा तैरिरहेको पाइन्छ । अनुसन्धानकर्ता क्रिस्टोफर केम्पका अनुसार एम्बरग्रीस बन्ने प्रक्रिया एक अप्राकृतिक घटना हो ।

केम्प भन्छन् कि कहिलेकाहीं, जब मासुको टुक्रा ह्वेलको पेटबाट यात्रा गरी यसको आन्द्रामा पुग्छ । जटिल प्रक्रियाबाट ह्वेलले बान्ता गर्छ । जसलाई पछि ह्वेलले फ्याँकिदिन्छ । सन् १७८३ मा जर्मन चिकित्सक फ्रान्ज स्वाइगरले यसलाई ‘कठोर व्हेलको गोबर’ भनेका थिए ।

ह्वेलले ठूलो मात्रामा समुद्री जीव खाँदा ह्वेलको आन्द्रामा एम्बरग्रिस वा ह्वेलको बान्ता जस्ता पदार्थ बनेर मासुको ठूलो टुक्रा पचाउने सिद्धान्त पनि छ । यस सिद्धान्तका अनुसार, एम्बरग्रिस शुक्राणु ह्वेलको आन्द्राको पित्त नलीमा उत्पादन हुन्छ ।

एम्बरग्रिस शुक्राणु ह्वेलबाट उत्पन्न भएको पत्ता लगाउने पहिलो जापानीहरू थिए । त्योभन्दा पहिले यो समुद्रको छेउमा बस्ने मौरीबाट वा राल भनिने जीवाश्म रूखबाट बनाइएको मानिन्छ । जसको ट्रंकबाट एम्बर बनाइन्छ । अन्तर्राष्ट्रिय बजारमा एम्बरग्रीसको मूल्य प्रतिकिलो करिब २ करोड रुपैयाँ रहेको बताइएको छ । यसका साथै एम्बरग्रीसको मूल्य गुणस्तर अनुसार तय हुन्छ । तपाईंले बान्ता शब्दबाट गन्ध आएको हुनुपर्छ भन्ने सोचिरहनुभएको हुनुपर्छ । तर त्यस्तो होइन, यो हल्का पहेँलो बान्ता सुरुमा गन्ध आउँछ तर बिस्तारै पुरानो भएपछि अलि मीठो गन्ध आउँछ । यो अत्तर(पर्फयुम) उद्योगमा सबैभन्दा बढी प्रयोग गरिन्छ । किनभने यसबाट निस्कने सुगन्ध लामो समयसम्म रहन्छ ।

एम्बरग्रीसको सबैभन्दा बढी माग दुबईमा हुन्छ । धेरै ठाउँमा यसको प्रयोग औषधि उत्पादनमा पनि हुन्छ । यो निकै दुर्लभ हुने भएकाले भारत र अमेरिका लगायत ४० भन्दा बढी देशमा प्रतिबन्धित छ ।

Logo