आमासँग पैसा हडप्न फेक किड्न्यापिङ

आमासँग पैसा हडप्न फेक किड्न्यापिङ

केन्द्रबिन्दु
0
Shares

मानिसले सारा संसारलाई जति नै झुट बोलोस, उसले आफ्नो आमाबाबु र विशेष गरी आमासँग झूट बोल्न सक्दैन । 

तर कतिपय बच्चाहरु यस्ता हुन्छन् जसले आफ्नो स्वार्थ पूरा गर्न आमाबुवालाई झुटको अन्धकारमा राख्छन् । यस्तै घटना भर्खरै स्पेनमा घटेको छ । दिति सेन्ट्रल वेबसाइटको रिपोर्ट अनुसार स्पेनको टेनेरिफ सहरमा आफ्नै आमालाई धोका दिने एक महिलालाई सुरक्षा निकायले समातेको छ । स्पेनका दुई राष्ट्रिय कानून प्रवर्तन एजेन्सीहरू, गार्डिया सिभिलले केही दिन अघि एक महिलाको अपहरण गरेको भिडियो जारी गरेको थियो ।

भिडियोमा अपहरण गर्नेहरूले महिलाको घाँटीमा चक्कु लिएर उभिरहेका छन् । भिडियोमा ती महिलाले आफ्नी आमालाई रु. ४० लाख फिरौती रकम जतिसक्दो चाँडो अज्ञात स्थानमा राखिदिनुस् नत्र अपहरणकारीले मार्नेछन् भनी रुँदै भनिरहेकी छिन् । रिपोर्टका अनुसार आमाले पैसा तिर्न राजी भए तर आमाले प्रहरीलाई पनि बोलाइन् । यो घटानाअघि पनि छोरीलाई ज्यान मार्ने धम्कीपुर्ण मेल पटक–पटक आइरहेको उनले प्रहरीलाई बताए । ज्यान मार्ने धम्की दिने मानिसहरुलाई आमाले विभिन्न अवसरमा ३७ लाख रुपैयाँसम्म रकम दिइसकेकी थिइन् ।

पटक पटकको घटनापछि प्रहरीले महिला नै ठगीमा संलग्न रहेको आशंका गरे । आशंका बिच नै ती आमाले प्रहरी सहित छोरीको प्रेमीको लोकेशन पत्ता लगाए । लोकेशन पत्ता लगाउने क्रममा प्रहरीले महिलाको छोरी पनि प्रेमीसँगै रहेको थाहा पाए । २४ घन्टाभित्रै प्रहरी पत्ता लगाएको स्थानसम्म पुग्यो र प्रेमी र छोरीलाई पक्राउ गर्यो । ती दुबैले महिलालाई धोका दिएको स्वीकार गरिसकेका छन् ।

Logo