बेलायतकी महारानी एलिजाबेथ द्वितीयको अन्तेष्टिमा बाइडेन सहभागी हुने

बेलायतकी महारानी एलिजाबेथ द्वितीयको अन्तेष्टिमा बाइडेन सहभागी हुने

केन्द्रबिन्दु
0
Shares

अमेरिकी राष्ट्रपति जो बाइडेन बेलायतकी महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टिमा सहभागी हुने भएका छन् ।

बिहीबार ९६ वर्षको उमेरमा निधन भएकी महारानीको १९ सेप्टेम्बरमा अन्त्येष्टि हुँदै छ । ‘राष्ट्रपति बाइडेनले औपचारिक रूपमा सेप्टेम्बर १९ मा महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टि सेवामा उपस्थित हुने निमन्त्रणा स्वीकार गरेका छन्’, ह्वाइट हाउसले एक विज्ञप्तिमा भनेको छ । बाइडेनसँगै प्रथम महिला पनि अन्त्येष्टिमा सहभागी हुनेछिन् ।

यसअघि ह्वाइट हाउसले बाइडेन सेप्टेम्बर १८ मा न्यूयोर्क जाने र सेप्टेम्बर १९ र २० मा संयुक्त राष्ट्र सङ्घको महासभाको वार्षिक सत्रमा सहभागी हुने घोषणा गरेको थियो । बाइडेनले राष्ट्र सङ्घको महासभामा सम्बोधन गर्ने नगर्ने बारेमा ह्वाइट हाउसले कुनै खुलासा गरेको छैन ।

Logo