रुसले विद्युत् काटिदिँदा युक्रेनको पूर्वी क्षेत्रका ९० लाख मानिस प्रभावित

रुसले विद्युत् काटिदिँदा युक्रेनको पूर्वी क्षेत्रका ९० लाख मानिस प्रभावित

केन्द्रबिन्दु
0
Shares

रुसले बिजुली काटिदिँदा युक्रेनको पूर्वी क्षेत्रका मानिस अन्धकारमा बस्न बाध्ये भएको युक्रेनी  राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् । 

युक्रेनले रुसले कब्जा  गरेको ३ हजार वर्ग किलोमिटर भूभाग पुनः फिर्ता गरेको दाबी गरिरहेका बेला रुसले विद्युत् काटिदिएको हो । विद्युत् पूर्ण रूपमा काटिनुले खार्किभ र दोनेत्स्कलगायत पूर्वी क्षेत्रका करिब ९० लाख मानिस प्रभावित भएको बताइएको छ । खार्किभका मेयर इहोर तेरेखोभले रुसी आक्रमणले उक्त सहरको धेरैजसो भागमा बिजुली र पानी नभएको बताए ।

उनले यसलाई युक्रेनी सेनाको पछिल्लो सफलताको बदला लिने एउटा ‘घिनलाग्दो र निन्दनीय प्रयास’ भनेका छन् । उक्त सहरमा दुई वटा मिसाइल हमला भएको बीबीसीले जनाएको छ । तेरेखोभ र उक्त राज्यका गर्भनरले सर्वसाधारणलाई शान्त हुन आह्वान गरेका छन् । आकस्मिक सेवाहरूले क्षति मर्मत गर्न र आगो निभाउन काम गरिरहेका बताइएको छ । 

छिमेकी सुमी क्षेत्रका गभर्नरले एक जिल्लामा मात्रै १३० भन्दा बढी बस्ती विद्युतविहीन बनेको बताए । दिनिप्रोपेत्रोभ्क्स र पोल्टाभा क्षेत्रका बासिन्दा पनि विद्युतविहीन भएका छन् । बिजुली कटौतीपछि राष्ट्रपति जेलेन्स्कीले क्रेमलिनले नागरिक पूर्वाधारलाई लक्षित गरेर आतंकवादी कार्य गरेको आरोप लगाए ।

Logo