युक्रेनको अस्पतालमा रुसको हवाई हमला

युक्रेनको अस्पतालमा रुसको हवाई हमला

केन्द्रबिन्दु
0
Shares

युक्रेनको उत्तरपूर्वी क्षेत्र सुमीमा रहेको एउटा अस्पतालमा रुसी हवाई हमला हुँदा भवन ध्वस्त भएको र केही मानिस घाइते भएका उक्त क्षेत्रका गर्भनरले बताएका छन् ।

‘रूसी उड्डयन, युक्रेनी सीमा पार नगरी, अस्पतालमा गोली चल्यो । अस्पतला परिसर ध्वस्त भएका छन । विस्फोटमा मानिस घाइते भएका छन्’ दिमित्रो झाइभयितिस्कीले भने
उक्त अस्पताल रुसको सिमानामा पर्ने भेल्याका पिसारिभका जिल्लामा रहेको उनले बताए । मस्कोले नागरिकलाई निसाना बनाएको कुरा अस्वीकार गर्दै आएको छ । 

पछिल्लो समयमा युक्रेनले रुसले यसअघि कब्जा गरेका भूभागलाई फिर्ता लिन थालेको छ । युक्रेनी अधिकारीहरूले शनिबार रुसी सेनाका लागि महत्वपूर्ण पूर्वी आपूर्ति केन्द्र कुपियान्स्कमा प्रवेश गरेका थिए ।

रुसी रक्षा मन्त्रालयले आफ्ना सेनालाई ‘पुनः संगठित’ गर्न नजिकैको इज्युमबाट पछि हटेको जनाएको छ । दोनेत्स्क मोर्चामा ‘प्रयासलाई बलियो बनाउन’ तेस्रो प्रमुख सहर बालाक्लियाबाट सेना फिर्ता गरेको मन्त्रालयले पुष्टि गरेको छ ।
 

Logo