युक्रेनले रुसबाट ६ हजार वर्ग किलोमिटर क्षेत्र फिर्ता लियोः जेलेन्स्की

युक्रेनले रुसबाट ६ हजार वर्ग किलोमिटर क्षेत्र फिर्ता लियोः जेलेन्स्की

केन्द्रबिन्दु
0
Shares

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी सेनाले यस महिना रुसी सेनाविरुद्धको प्रतिआक्रमणमा ६ हजार वर्ग किलोमिटर क्षेत्र फिर्ता लिएको बताएका छन् ।

आफ्नो दैनिक सम्बोधनमा भनेका छन्, “सेप्टेम्बरको सुरुदेखि,हाम्रा सैनिकहरूले पूर्व र दक्षिणमा ६ हजार वर्ग किलोमिटर युक्रेनी क्षेत्रलाई मुक्त गरिसकेका छन् । हामी अझ अगाडि बढिरहेका छौं’ ।  युक्रेनले उत्तरपूर्वी खार्किभ क्षेत्रमा इज्युम, कुपियान्स्क र बालाक्लिया सहरसहित दर्जनौं क्षेत्रहरू पुनः कब्जा गरेको छ । त्यस्तै  पछिल्लो २४ घण्टामा सुरक्षाकर्मीहरूले सत्रुद्धारा कब्जा गरिएका २० बस्तीहरू फिर्ता गराएको र ती क्षेत्र अहिले आफुहरुको पूर्ण नियन्त्रणमा रहेका युक्रेनी सेनाका एक अधिकारीले बताएका छन् ।

एजेन्सी

Logo