महारानीको शव इडिनवर्गबाट बकिंघम दरबार पु–याइयो

महारानीको शव इडिनवर्गबाट बकिंघम दरबार पु–याइयो

केन्द्रबिन्दु
0
Shares

महारानी एलिजाबेथ द्वितीयको शव राखिएको कफिन लन्डनको बकिंघम प्यालेसमा पुगेको छ ।

स्थानीय समयअनुसार राति ८ बजे इडिनवर्गबाट दरबारमा कफिन लैँजादा भव्य स्वागत गरिएको थियो ।  महारानी एलिजावेथको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको थियो । उनको सेप्टेम्बर १९ मा अन्तिम संस्कार गरिएको थियो । बीबीसीका अनुसार महारानीको राजकीय अन्तेष्टिमा शाही परिवार, विभिन्न देशका विशिष्ट व्यक्तिहरु सहभागी हुनेछन् । उक्त दिनमा सार्वजनिक बिदा घोषणा गरिएको छ। अन्तिम संस्कार गर्नुअघि महारानीको पार्थिव शरीरलाई चार दिन राजकीय अन्तिम श्रद्धाञ्जलिका लागि राखिने भएको छ । 

एजेन्सी

Logo