सिसिटिभीमा प्रत्यक्ष ट्रक दुर्घटना रेकर्ड ३ जनाको मृत्यु (भिडियो सहित हेर्नुहोस)

सिसिटिभीमा प्रत्यक्ष ट्रक दुर्घटना रेकर्ड ३ जनाको मृत्यु (भिडियो सहित हेर्नुहोस)

केन्द्रबिन्दु
0
Shares

पञ्जाबमा एउटा भयानक सडक दुर्घटनाको हृदयविदारक भिडियो सार्वजनिक भएको छ । 

लोडेड ट्रेलर (ट्रक) को सन्तुलन बिग्रँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । सन्तुलन गुमाएपछि ट्रकले परिवारका सदस्य बसेको कारलाई ठक्कर दिएको थियो । यो दर्दनाक घटना फगवाडा र चण्डीगढ जोड्ने राष्ट्रिय राजमार्गमा भएको हो । पञ्जाबको बेहराममा भएको यो दुखद दुर्घटना सीसीटीभी क्यामेरामा कैद भएको छ । यो भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

भिडियोमा, लोड गरिएको १८–ह्विल ट्रेलरलाई ढिलो नगरी एकाएक टर्न बनाइएको देख्न सकिन्छ । यसैबीच, भारी ट्रकले आफ्नो सन्तुलन गुमाउँछ र यसको सामान सडकमा खस्न थाल्छ । जसका कारण तीनवटा कार अनियन्त्रित भई ट्रकसँग ठोक्किएपछि ट्रक पनि एउटा कारको माथिबाट पल्टिन्छ । उक्त कारमा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परेका दम्पती र उनका छोरा गाडीमा सवार थिए । उनीहरुको घटनास्थलमै मृत्यु भएको छ । सवार अन्य तीन जना यात्रु घाइते भएका छन् ।

यो पूरै घटना राजमार्गमा जडान गरिएको सिसिटिभी क्यामेरामा कैद भएको छ । दुर्घटना गराउने ट्रक फिरोजपुर जिल्लाका मेजर सिंहले चलाएका थिए । बङ्गा साइडबाट आएको ट्रक महिलपुर बहराम टी पोइन्टमा पुगेपछि चालकले तत्कालै ट्रकलाई महिलापुर साइडतर्फ गलत दिशामा मोडेको भिडियोमा स्पष्ट देखिन्छ । प्रहरीले ट्रक चालक मेजर सिंह विरुद्ध तीव्र गति लगायतका विभिन्न विषयमा मुद्दा दर्ता गरेका छन् । 

 

Logo