इजरायली हमलामा छ सिरियाली सैनिक मारिए

इजरायली हमलामा छ सिरियाली सैनिक मारिए

केन्द्रबिन्दु
0
Shares

इजरायलले सिरियाको दमास्कस अन्तर्राष्ट्रिय विमानस्थल र राजधानीको दक्षिणलगायत अन्य स्थानहरूमा गरेको हवाई हमलामा पाँच सैनिकको मृत्यु भएको छ ।

हमलामा ठूलो भौतिक क्षति भएको प्राप्त विवरणहरुमा जनाइएको छ । सिरियाली वायु प्रतिरक्षाले आक्रमणलाई रोकेको छ र धेरैजसो क्षेप्यास्त्रहरू खसाल्न सफल भएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । आक्रमणमा  विमानस्थल सञ्चालनमा असर गरे नगरेको विषयमा तत्काल पुष्टि भएको छैन ।

सिरिया र लेबनानका सहयोगीहरूलाई हतियार पुर्‍याउन तेहरानको हवाई आपूर्ति लाइनको बढ्दो प्रयोगमा बाधा पुर्‍याउन इजरायलले सिरियाली विमानस्थलमा आक्रमणलाई तीव्र पारेको छ ।

एजेन्सी

Logo