कहिले धुम्रपान नगर्ने मानिसलाई पनि फोक्सोको क्यान्सर हुने

कहिले धुम्रपान नगर्ने मानिसलाई पनि फोक्सोको क्यान्सर हुने

केन्द्रबिन्दु
0
Shares

कहिल्यै धुम्रपान नगर्ने मानिसहरूलाई पनि फोक्सोको क्यान्सर हुन सक्ने तथ्य सार्वजनिक भएको छ।

लन्डनस्थित फ्रान्सिस क्रिक इन्स्टिच्युटका शोधकर्ताहरूले आफ्नो एक अध्ययनमा वायु प्रदूषण पनि फोक्सो क्यान्सरको महत्वपूर्ण कारण भएको खुलासा गरेका छन् । सन् २०१९ मा विश्वभर फोक्सोको क्यान्सरबाट मृत्यु भएका तीन लाखभन्दा बढीको मृत्युको कारण वायु प्रदूषण रहेको अध्ययनले देखाएको छ । हालसम्मका अध्ययनहरुमा धुम्रपान मात्र फोक्सोको क्यान्सरको कारण मानिएको थियो । 

४० हजार मानिसमा गरिएको उक्त अनुसन्धानमा वैज्ञानिकहरूले हावामा रहेका श्वासप्रश्वासका कणहरु २।५ माइक्रोमिटर सँगै प्रदुषणको कण रहेको बताएका छन् । जसकारण ७० प्रतिशत मानिसहरुको फोक्सो सुन्निएको अध्ययनले देखाएको छ। यस्ता कणहरुले सामान्यतया क्यान्सरजन्य म्यूटेशन बोक्ने निष्क्रिय कोशिकाहरूलाई सक्रिय बनाउँछ। 

बेलायतमा हरेक वर्ष ६००० मानिसहरूले क्यान्सरका कारण मृत्यु हुने गरेको अध्ययनले देखाएको छ । जसमध्ये धेरै जसो कहिल्यै धुम्रपान नगर्नेमा पर्दछन् । यी तथ्यहरु प्रमुख अनुसन्धानकर्ता प्रोफेसर चार्ल्स स्वान्टन र क्यान्सर औषधि विशेषज्ञहरु द्वारा युरोपियन सोसाइटी अफ मेडिकल ओन्कोलोजी ९ईएसएमओ० कांग्रेसमा प्रस्तुत गरिएको थियो। ईएसएमओ क्यान्सर विशेषज्ञहरूको प्रमुख व्यावसायिक संगठन हो।
 

Logo