अफगानिस्तानमा फेरि टिकटक प्रयोगमा रोक

अफगानिस्तानमा फेरि टिकटक प्रयोगमा रोक

केन्द्रबिन्दु
0
Shares

अफगानिस्तानको तालिवान सरकारले देशभित्र टिकटक प्रयोगमा रोक लगाएको छ । 

तालिवान नेतृत्वको सरकारको कम्युनिकेसन विभागका उच्च अधिकारीले टिकटक प्रयोगमा प्रतिबन्ध लगाइएको पुष्टि गरेका हुन् । मुस्लिम समुदायले अवलम्बन गर्ने सरिया कानुन र सुरक्षा तथा सांस्कृतिक पक्षलाई हेरेर टिकटक प्रतिबन्ध लगाइएको अधिकारीहरूलाई उदृत गर्दै अन्तराष्ट्रिय समाचार संस्था एएनआइले जनाएको छ । 

प्रतिबन्ध लगाउने उक्त निर्णय कम्तीमा तीन महिना लागु हुने बताइएको छ । अफगानिस्तानमा टिकटक प्रतिबन्ध लगाउने निर्णय यसअघि पनि भएको थियो ।
तालिवान नेतृत्वको सरकारले यसअघि अहिलेसम्म अनैतिक र गलत सन्देश प्रवाह गरेको भन्दै दुई करोड ३० लाख वेबसाइट बन्द गरिदिएको थियो ।
 

Logo