अवैध रुपमा माछा मारेको आरोपमा ८ भारतीय नागरिक श्रीलङ्काली नौसेनाको नियन्त्रणमा

अवैध रुपमा माछा मारेको आरोपमा ८ भारतीय नागरिक श्रीलङ्काली नौसेनाको नियन्त्रणमा

केन्द्रबिन्दु
0
Shares

श्रीलङ्काको जल क्षेत्रमा अवैध रूपमा माछा मार्ने गरेको आरोपमा श्रीलङ्काको नौसेनाले आठ भारतीयलाई पक्राउ गरेको छ । 

जगदपट्टिनमबाट २२ नटिकल माइलको दूरीमा ती माछा मार्नेहरूलाई पक्राउ गरिएको बताइएको छ । गत महिना श्रीलङ्काको नौसेनाले १० भारतीय मछुवालाई पक्राउ गरेको श्रीलङ्काको मछुवा संघले जनाएको छ । यसअघि तमिलनाडुको तटीय जिल्लाबाट डुङ्गामा यात्रा गरिरहेका नौ जना माछा मार्ने श्रीलङ्काको जलक्षेत्रमा अतिक्रमण र माछा मारेको आरोपमा पक्राउ परेका थिए। 

नागपट्टिनमबाट पक्राउ परेका मछुवाहरूलाई त्रिन्कोमाली बन्दरगाहमा लगिएको रामेश्वरम प्रहरीले जनाएको छ। यसअघि श्रीलङ्काको जलसेनाले डुङ्गा दुर्घटनाका कारण अलपत्र परेका ६ भारतीय मछुवाको उद्धार गरेको थियो । रामेश्वरम माछा मार्ने बन्दरगाहबाट करिब ५ सय ३२ डुङ्गा समुद्रतर्फ प्रस्थान गरेका छन् । तर सगेर पाण्डियनको स्वामित्वमा रहेको डुङ्गाले भारत-श्रीलङ्काको समुद्री सिमाना रहेको पाल्क बे क्षेत्रमा यान्त्रिक समस्या देखिएको सङ्केत गरेको थियो। 

Logo