पाकिस्तानी प्रधानमन्त्रीलाई देशद्रोहको मुद्दा लगाउने प्रस्ताव बहुमतले पारित

पाकिस्तानी प्रधानमन्त्रीलाई देशद्रोहको मुद्दा लगाउने प्रस्ताव बहुमतले पारित

केन्द्रबिन्दु
0
Shares

पाकिस्तानको पन्जाब विधान सभाले प्रधानमन्त्रीविरुद्ध देशद्रोहको मुद्दा चलाउनुपर्ने प्रस्ताव बहुमतले पारित गरेको छ । 

देशको नयाँ सेना प्रमुखको नियुक्तिमा प्रधानमन्त्री शहबाज शरिफले लन्डनमा रहेका आफ्ना दाइ नवाज शरीफसँग सल्लाह मागेमा यस्तो कदम उठाउनुपर्ने सदनको माग छ । पञ्जाबका संसदीय मामिला मन्त्री बशरत राजाले प्रधानमन्त्री शेहबाजलाई संविधानको धारा ६ (देशद्रोह) अन्तर्गत कारबाही गर्न माग गर्दै सदनमा प्रस्ताव पेश गरेका थिए । 
पञ्जाबमा शहबाज अघिका प्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) र यसको सहयोगी पार्टी पीएमएल–क्यूको शासन छ । लाहोर उच्च अदालतले चिकित्सकीय उपचारको लागि आठ हप्ताको जमानत दिएपछि नवाज नोभेम्बर २०१९ मा लण्डन गएका थिए । तर उनी पक्राउ पर्ने डरले देश फर्किएका छैनन् । लण्डन जानुअघि नवाज यहाँको लोट लखपत जेलमा अल–अजिजिया भ्रष्टाचार मुद्दामा सात वर्षको जेल सजाय काटिसकेका थिए ।

वर्तमान सेना प्रमुख जनरल कमर जावेद बाजवा यसै वर्ष नोभेम्बरको अन्त्यमा अवकाश लिँदैछन् । शरीफको पाकिस्तान मुस्लिम लिग (एन) नेतृत्वको गठबन्धन सरकारले नयाँ सेना प्रमुख नियुक्त गर्न आफ्ना सहयोगी दल र सेनाका शीर्ष अधिकारीसँग परामर्श गरिने बताएको छ ।

Logo