दोनेत्स्कमा भएका शृंखलाबद्ध हमलामा १२ जनाको मृत्यु

दोनेत्स्कमा भएका शृंखलाबद्ध हमलामा १२ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

पूर्वी युक्रेनको पृथक्तावादी नियन्त्रित सहर दोनेत्स्कमा भएका शृंखलाबद्ध विस्फोटनमा परेर कम्तीमा १२ जनाको मृत्यु भएको छ ।

विस्फोटमा अन्य केही घाइते भएका छन् । युक्रेनी हमलामा उनीहरुको मृत्यु भएको रुस समर्थित मेयर अलेक्सी कुलेम्जिनले दाबी गरे । आक्रमणको युक्रेनकी पक्षले भने कुनै प्रतिकृया जनाएको छैन् । दोनेत्स्कलाई सन् २०१४ देखि रुस समर्थित विद्रोहीले नियन्त्रणमा राखेका छन् ।

विशेषगरी युक्रेनमा रुसले हमला सुरु गरेपछि मस्कोले उक्त सहरलाई निशाना बनाएको विद्रोहीहरुले बताउँदै आएका छन् । यसअघि पनि उक्त सहरमा बारम्बार मिसाइल आक्रमण र गोलाबारी भएका थिए । फेब्रुवरीपछि रुसी सेनाले दोनेत्स्क क्षेत्रका थप दक्षिणी भागहरूमा कब्जा गरेका छन् । 

Logo