रुसलाई तत्काल सजाय दिइयोस् : जेलेन्स्की

रुसलाई तत्काल सजाय दिइयोस् : जेलेन्स्की

केन्द्रबिन्दु
0
Shares

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसलाई सजाय दिन राष्ट्रसंघसँग अनुरोध गरेका छन् ।

रुसले  विश्व निकायको सिद्धान्तहरू उल्लंघन गरेको आरोप लगाउँदै उनले यस्ताे माग गरेका हुन् । जेलेन्स्कीले युक्रेनविरुद्धको आक्रमणको अपराध र जवाफदेहिता सुनिश्चित गर्न रसियाविरुद्ध विशेष न्यायाधिकरणको स्थापना गर्न आह्वान गरे । ‘युक्रेनविरुद्ध अपराध गरिएको छ र हामी न्यायको माग गर्दछौं’,  जेलेन्स्कीले भने ।

उनले आक्रमणको क्रममा युक्रेनीलाई क्षतिपूर्ति दिन कोषको लागि आह्वान गरे । जेलेन्स्कीले संयुक्त राष्ट्र संघलाई सुरक्षा परिषदमा रुसको भिटो शक्ति हटाउन पनि आग्रह गरे । युक्रेनले यसअघि मस्कोमा रुस नभई पूर्व सोभियत संघको सिट रहेको तर्क गरेको थियो ।

एजेन्सी

Logo