उत्तर कोरियाले भन्यो : ‘हामीले रुसलाई कहिले पनि हतियार वा गोला बारुद बेचेका छैनौं र बेच्ने योजना पनि छैन’

उत्तर कोरियाले भन्यो : ‘हामीले रुसलाई कहिले पनि हतियार वा गोला बारुद बेचेका छैनौं र बेच्ने योजना पनि छैन’

केन्द्रबिन्दु
0
Shares

उत्तर कोरियाले रुसलाई हतियार बेचेको अमेरिकी दाबीमाथि प्रतिक्रिया जनाएको छ । 

उत्तर कोरियाले रुसलाई हतियार बेचेको अमेरिकी दाबीमाथि अस्वीकार गर्दै प्रतिक्रिया जनाएको हो ।  उत्तर कोरियाले रुसलाई हतियार बिक्री नगरेको र त्यस्तो गर्ने योजना नरहेको बताएको अन्तराष्ट्रिय  सञ्चारमाध्यमले जनाएका छन् । 

अमेरिकी अधिकारीहरूले यसअघि रुसले रकेट र आर्टिलरी गोलाहरू किन्न उत्तर कोरियातर्फ जान सक्ने बताएका थिए ।त्यसबेला रुसले पनि उक्त समाचारको खण्डन गरेको थियो । 

दुई देशबीचको हतियारको कारोबार संयुक्त राष्ट्र संघको प्रतिबन्धको उल्लङ्घन हुनेछ । उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनएले उत्तर कोरियाको रक्षा मन्त्रालयका एक जना अज्ञात अधिकारीलाई उद्धृत गर्दै भनेको छ, ‘हामीले रुसलाई कहिले पनि हतियार वा गोला बारुद बेचेका छैनौं र बेच्ने योजना पनि छैन ।’

Logo