अन्तर्वार्ता लिन कपाल ढाक्न भनेपछि क्रिष्टियानले रद्द गरिन् इरानी राष्ट्रपतिसँगको संवाद

अन्तर्वार्ता लिन कपाल ढाक्न भनेपछि क्रिष्टियानले रद्द गरिन् इरानी राष्ट्रपतिसँगको संवाद

केन्द्रबिन्दु
0
Shares

कपाल ढाकेर अन्तर्वार्ता लिन भनेपछि सीएनएन टेलिभिजनकी चर्चित प्रस्तोता क्रिष्टियान अम्यानपोरले इरानका राष्ट्रपति हब्राहिम रइसीसँगको अन्तर्वार्ता रद्द गरेकी छिन् ।

न्युयोर्क भ्रमणमा रहेका इरानी राष्ट्रपति रइसीले अन्तर्वार्ताको सेटमा उनलाई इरानी कानुन अनुसार कपाल ढाक्न भनेपछि अम्यानपोरले अन्तर्वार्ता लिन अस्वीकार गरेको बीबीसीले जनाएको छ । अम्यानपोरले पहिलोपटक अमेरिका टेकेका रइसीसँग राष्ट्रसंघीय महासभाको सेरोफेरो र समसामयिक विषयमा कुराकानी गर्ने योजना बनाएकी थिइन् ।  

राष्ट्रपति रइसीले इरानको अवस्थालाई बुझेर कपाल ढाकिदिन आग्रह गरेका थिए । तर अम्यानपोरले अमेरिकामा त्यस्तो कुनै पनि नियम नरहेको भन्दै कपाल ढाक्न अस्वीकार गरिन् । ‘हामी अहिले न्युयोर्कमा छौँ। यहाँ महिलाले अनिवार्य रूपमा कपाल ढाक्नुपर्ने न त संस्कार छ न त निमयनै,’ उनको ट्वीट गरेकी छन् । 

यसअघि कानुन अनुसार हिजाब अनिवार्य लगाउनुपर्ने नियम तोडेको भन्दै इरानी प्रहरीले २२ वर्षीया युवती मासा अमिनीमाथि कुटपिट गर्दा उनको मृत्यु भएको थियो । यसपछि इरानमा प्रदर्शन चर्किएको छ। इरानका ८० शहरमा त्यस घटनाविरुद्ध प्रदर्शन भइरहेको छ ।

 

Logo