अन्तराष्ट्रिय बजारमा कच्चा तेलको भाउ घट्यो

अन्तराष्ट्रिय बजारमा कच्चा तेलको भाउ घट्यो

केन्द्रबिन्दु
0
Shares

अन्तराष्ट्रिय बजारमा शनिबार कच्चा पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।

कच्चा तेलको मूल्य अहिले प्रतिब्यारेल ८६ डलरमा झरेको हो । यसअघि, प्रतिब्यारेल कच्चा तेलको मूल्य १३० अमेरिकी डलरसम्म पुगेको थियो । ब्रेन्ट क्रुड कच्चा पदार्थको मूल्य शनिवार ८६ दशमलव १५ डलर प्रतिब्यारेल रहेको छ ।

अघिल्लो दिन बजार बन्द हुँदाको तुलनामा यो ४ दशमलव ३१ प्रतिशतले घटेको हो । त्यसैगरी, वेस्ट टेक्सस इन्टरमिडियट (डब्लूटीआई) कच्चा तेलको मूल्य प्रतिब्यारेल ७८ दशमलव ७४ डलरमा आइपुगेको छ ।

डब्लूटीआई कच्चा तेलको मूल्य पनि ४ दशमलव ७५ प्रतिशतले घटेको बताइएको छ । प्राकृतिक ग्यास, ग्यासोलिन लगायत सबै प्रकारका कच्चा तेलको मूल्यमा भारी गिरावट आएको हो । खासगरी, संयुक्तराज्य अमेरिकामा आर्थिक मन्दी आउने हल्ला चलेसँगै अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको हो । 

Logo