रुसको एक विद्यालयमा गोली चल्दा ९ जनाको मृत्यु

रुसको एक विद्यालयमा गोली चल्दा ९ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

मध्य रुसको इन्जेवस्क सहरको एक विद्यालयमा गोली चलेको छ । 

इन्जेवस्क शहरको स्कुलमा बन्धकुधारीले अन्धाधुन्ध गोली चलाउँदा ९ जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । घटनामा ५ बालबालिका मारिएका छन् । 

दुई शिक्षक र दुई सुरक्षा गार्डको पनि मृत्यु भएको बताइएको छ । एक हजारभन्दा बढी विद्यार्थी अध्ययरनत उक्त स्कुलमा अन्धाधुन्ध गोली चलाएपछि उनले आफैंलाई पनि गोली हानेको बीबीसीले जनाएको छ ।

रुसी मिडियामा सार्वजनिक भएको भिडियो फुटेजमा कक्षाकोठाको भुइँमा रगत देखिन्छ । गोली चल्न थालेपछि बालबालिका डेस्कमुनि लुकेका थिए । अहिले विद्यार्थीहरुलाई स्कुलबाट निकालिएको छ ।
 

Logo