डुंगा दुर्घटनामा ३३ जनाको मृत्यु

डुंगा दुर्घटनामा ३३ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

बंगलादेशको एक नदीमा हिन्दु तीर्थयात्रीहरू बोकेको एउटा डुंगा पल्टिँदा मृत्यु हुनेको संख्या ३३ पुगेको छ ।

दुर्घटनामा अझै केही  वेपत्ता भएका बंगलादेश प्रहरीले जनाएको छ । खचाखच तीर्थयात्रीले भरिएको  उक्त डुंगा बोडा सहर नजिकै कारोटोआ नदीको बीचमा जहाज अचानक डुबेर डुबेको थियो । अग्निनियन्त्रकहरू र गोताखोरहरूले थप शवहरूको खोजी गरिरहेका प्रहरीले जनाएको छ । 

डुंगामा झन्डै १०० जना यात्रु रहेको प्राप्त विवरणहरुमा जनाइएको छ । क्षममताभन्दा बढी यात्रुका कारण डुंगा दुर्घटनामा परेको प्रहीको प्रारम्भिक अनुमान छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको छ । 

एजेन्सी

Logo