पाकिस्तानी सीमानजिकै झडपमा रिभोलुसनरी गार्डका कर्णेलसहित १९ जनाको मृत्यु

पाकिस्तानी सीमानजिकै झडपमा रिभोलुसनरी गार्डका कर्णेलसहित १९ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

इरानको दक्षिणपूर्वी प्रान्त सिस्तान–बलुचेस्तानमा भएको भीषण लडाइमा रिभोलुसनरी गार्डका कर्नेलसहित १९ जनाको मृत्यु भएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

पाकिस्तानसँगको सीमामा भएको हमलामा उनीहको मृत्यु भएको जनाइएको छ । यस महिनाको सुरुमा नैतिकता प्रहरी हिरासतमा कुर्दिश महिला महसा अमिनीको मृत्यु भएपछि इरानमा फैलिएको अशान्तिको लहरसँग उक्त झडप आबद्ध छ वा छैन भन्ने बारेमा केही खुलाइएको छैन् ।

‘आक्रमणमा १९ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्’ क्षेत्रीय गभर्नर होसेन खियाबानीले बताए । यसअघि शुक्रबार सरकारी सञ्चार माध्यमहरुले प्रान्तीय राजधानी जाहेदानको एक प्रहरी चौकीमा बन्दुकधारीले आक्रमण गर्दा सुरक्षा बलले जवाफी फायरिङ गरेको जनाएको थियो ।

एजेन्सी

Logo